- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsसुकुम्वासी आयोग खारेजी बिरुद्ध धर्ना

सुकुम्वासी आयोग खारेजी बिरुद्ध धर्ना

- Advertisement -spot_img

दाङ, १३ साउन। सरकारले सुकुम्वासीलाई लालपुर्जाको नाममा आश्वासनमात्रै दिने गरेको भन्दै भूमिहिन सुकुम्वासीहरु आन्दोलित भएका छन् । सरकाले अघिल्लो सरकारले गरेका गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोग खारेजीमा परेपछि उनीहरु आन्दोलित भएका छन् ।

भूमिहिन सुकुम्वासीहरुले बुधबार तुलसीपुर वडा नम्बर ६ को वडा कार्यालय आयोग खारेजीको विरोधमा आधा घण्टा धर्ना दिएका छन् । धर्नापछि आयोजित कार्यक्रममा उनीहरुले सरकारले सुखि नेपाली समृद्ध नेपालको सपनामात्रै बाँडेको बताएका छन् । भूमिहिन सुकुम्वासीले लालपुर्जा पाउने विषय जहिले पनि आश्वसनमै सिमित हुने गरेको उनीहरुको गुनासो छ ।

सरकार जति आएपनि भुमिहिनका समस्या जस्ताकोतस्तै रहेको तुलसीपुर–६ गाइडहरका ३८ बर्षिय दिनामणि सुबेदीले आफ्नो बुवा लगाएत आफुले गरेर अहिलेसम्म करिव ८/१० पटक फाराम भरिसकेको तर पनि समस्या समाधान हुनुको साटो आफुलाइ थप पिडा भएको बताए ।

यस्तै धर्ना कार्यक्रमका सहभागीहरुले आफुले विहान आएर दिउँसोभर पुरै समय खर्च गरेर भरेको फारामलाई कर्मचारीहरुले आगो बालेर नस्ट गर्ने गरेको गुनासो गरे । जति सरकार फेरिएपनि आफ्नो समस्या समाधान हुनुको साटो अहिले भूमि सम्बन्धि समस्या समाधान आयोग नै खारेजी भएपछि निरासा हुनु बाहेक अन्य बिकल्प नभएको बताए ।
सरकारले जनतासँग बिभिन्न बहानामा कर मात्र असुलेको भन्दै सरकारप्रति उनीहरुले आक्रोस व्यक्त गरे । उनीहरुले आउँदा दिनमा समस्या समाधान नभएमा अझ सशक्तरुपमा अघि बढ्ने चेतावनी दिएका छन् ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here