- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeसमाजआठकक्षा माथिकालाई अनलाइन कक्षा

आठकक्षा माथिकालाई अनलाइन कक्षा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १३ साउन । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले कक्षा आठदेखि माथि अध्ययनरत विद्यार्थीहरूका लागि अनिवार्य रूपमा अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ । सिकाइ प्रभावकारितालाई बढाउन र कोरोना जोखिम न्यूनीकरणका लागि माथिल्लो कक्षामा अनिवार्य रूपमा अनलाईन शिक्षण गराउने गरी नीति लिएको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए ।

‘अनलाइन कक्षा प्रभावकारी बनाउन सानो कक्षाभन्दा आठ कक्षामाथिका विद्यार्थीलाई सहज हुने देखियो’ उनले भने ‘साना कक्षाको अनलाइन पनि प्रभावकारी देखिएको छैन त्यसैले विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफल पछि यो निर्णय गरिएको हो ।’ ‘बुझ्न सक्ने अवस्थाका विद्यार्थीलाई सिकाइ प्रभावकारी बनाउन, आठकक्षा माथिकालाई नियमित अनलाइन कक्षामा जोडाँै’ उनले भने, ‘अहिलेकै अवस्थामा भौतिक उपस्थिति सहज छैन ।’

शाखाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरूका प्रधानध्यापकहरूसँगको भर्चुअल बैठकको आयोजना गरी शैक्षिक सत्र सञ्चालनका विषयमा छलफल गरेको छ । सिकाइलाई निरन्तरता दिन वैकल्पिक शिक्षण सिकाइका लागि अनलाईन कक्षा आवश्यक भए पनि सबै विद्यार्थीहरू अनलाइनको पहुँचमा नभएको हँुदा अन्य उपाय अवलम्वन गरेर सिकाइलाई बढाउने सुझाव बैठकमा आएको थियो ।

शैक्षिक गतिविधिहरू सञ्चालन भए पनि सिकाइले गतिलिन नसकेको प्रधानाध्यापकहरूले बताएका थिए । उनीहरूले अनलाइन कक्षा प्रभावकारी नभएको समेत बताए । सानो कक्षाका कम विद्यार्थी भइरहेको हुँदा उनीहरूलाई भौतिक उपस्थितिमा नै पढाउन सकिने उनीहरूको भनाई थियो । कार्यक्रममा सहजीकरण शिक्षा अधिकृत मन बहादुर खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here