- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsतीन वर्षमा १६ सयको मृत्यु, लुम्बिनी प्रदेशमा सवारी दुर्घटना

तीन वर्षमा १६ सयको मृत्यु, लुम्बिनी प्रदेशमा सवारी दुर्घटना

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १० साउन । लुम्बिनी प्रदेशका सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरू वर्सेनी बढिरहेको छ । प्रदेश प्रहरीका अनुसार तीन वर्षको अवधिमा एक हजार ६ सय बढी नागरिकले सवारी दुर्घटनाका कारण ज्यान गुमाई सकेका छन् ।

भौगोलिक अवस्था, अदक्ष चालक, साँघुरो सडक लगायतका कारण सवारी दुर्घटनाबाट वर्सेनी सयौँ नागरिकले मृत्युवरण गर्नुपरेको प्रहरीको भनाई छ । लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या डरलाग्दो देखिएको छ । प्रदेशका १२ वटै जिल्लामा आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ सम्ममा तीन वर्षको अवधिमा १ हजार ६ सय १ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको भएको छ ।

तीन वर्षको अवधिमा प्रदेशमा ३ हजार ३ सय ६२ सवारी दुर्घटना भएका छन् । जसबाट ३ हजार ७० जना गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । उनका अनुसार तीन वर्षमा सबैभन्दा बढी वितेको वर्षमा धेरै सवारी दुर्घटना भएका छन् । वितेको अघिल्लो दुई वर्षको तथ्यांकलाई हेर्दा पछिल्लो एक वर्षमा सवारी दुर्घटना बढेको देखिएको छ भने मानवीय क्षति केही कम भएको देखिएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा १ हजार २९ सवारी दुर्घटनामा ५ सय ९२ जनाको मृत्यु भएको छ भने ९३३ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ०७५/७६ को तुलनामा ०७६/७७ मा दुर्घटना बढी भएको छ । आर्थिक वर्ष ०७६/७७ मा १ हजार १ सय २२ सवारी दुर्घटना भएका छन् । यस अवधिमा सवारी दुर्घटना बढी भएपनि मानवीय क्षतिमा केहि कमि देखिएको छ । यस अवधिमा ४ सय ८३ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ भने १ हजार ५४ जना गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा १ हजार २ सय ११ सवारी दुर्घटनामा ५ सय २६ जनाको मृत्यु भएको छ भने १ हजार ८३ जना गम्भीर घाइते भएका छन् । अघिल्लो वर्षको तुलनामा वितेको वर्षमा सवारी दुर्घटना पनि बढी भएका छन् भने दुर्घटनाबाट मानवीय क्षति पनि बढी भएको छ । बढ्दो सवारी र गुणस्तरहिन सडक, चालकको लापरवाही लगायतका कारण प्रदेशमा वर्सेनी सवारी दुर्घटनाबाट सयौँले ज्यान गुमाउनु परेको छ । प्रदेशमा तीन वर्षको तथ्यांकलाई हेर्दा मासिक ८५ बढी सवारी दुर्घटना हुने गरेका छन् भने ४४ जनाको सवारी दुर्घटनाबाट ज्यान जाने गरेको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा मंसिरमा सबैभन्दा बढी दुर्घटना भएको छ भने सबैभन्दा कम माघमा कम भएको छ । मंसिरमा १०४ सवारी दुर्घटनामा ६८ जनाको मृत्यु भएको छ भने माघमा ६२ सवारी दुर्घटनाबाट ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष ०७६/०७७ मा जेठमा सबैभन्दा बढी दुर्घटना भएको छ भने चैतमा सबैभन्दा कम देखिएको छ । जेठमा १२३ सवारी दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ भने चैतमा ५२ सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । वितेको वर्षमा मंसिरमा सबैभन्दा बढी १४४ सवारी दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने जेठमा सबैभन्दा कम ५७ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ ।

प्रदेशमा गत वर्षको साउन महिनामा १ सय ४ सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । त्यसैगरी भदौमा १ सय ११ वटा दुर्घटनामा २६, असोजमा ७३ दुर्घटनामा २४, कार्तिकमा १ सय ७ दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ । त्यसैगरी पुस महिनामा ९८ दुर्घटनामा ५५, माघमा १ सय ५ दुर्घटनामा ४४, फागुनमा ९९ दुर्घटनामा ५४, चैतमा १ सय २८ दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ । यस्तै बैशाखमा ९५ दुर्घटनामा ५७, र असारमा ९० दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ ।
दाङमा दुई वर्षमा १४८ को मृत्यु

दाङमा दुई वर्षको अवधिमा सवारी दुर्घटनाबाट १४८ जनाको मृत्यु भएको छ । जिल्लामा आर्थिक वर्ष ०७६÷०७७ र ०७७÷०७८ गरी दुई आर्थिक वर्षमा ५४६ सवारी दुर्घटनाबाट १४८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लामा एक वर्षमा २ सय ८९ सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको छ भने २ सय ३३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी थम्मन जिसीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा २ सय ५७ वटा सवारीका साधन दुर्घटना हुँदा ७१ जनाको मृत्यु थियो । पछिल्लो आर्थिक वर्षमा दुर्घटना बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा वितेको आर्थिक वर्षमा ५६ बढी सवारी दुर्घटनामा परेका छन् । सवारी दुर्घटनाबाट हुने मानवीय क्षति पनि वितेको आर्थिक वर्षमा बढेको देखिएको छ । वितेको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा सातजना बढीले सवारी दुर्घटनाबाट मृत्युवरण गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here