- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचर८० प्रतिशत रकम खर्च, ३५ किमी कालोपत्रे

८० प्रतिशत रकम खर्च, ३५ किमी कालोपत्रे

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १० साउन । घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्षमा करिब ८० प्रतिशत रकम खर्च गरेको छ । उपमहानगरपालिकाले शुक्रबार वार्षिक समीक्षा कार्यक्रम गर्दै तथ्यांक एवं सूचना अधिकारी भिमबहादुर चौधरीले चालु र पुँजीगत बजेटको ७९ दशमलव ५४ प्रतिशत बजेट खर्च भएको जानकारी दिएका छन् ।

चालुतर्फको १ अर्ब २१ करोड ४१ लाख १४ हजार रूपैयाँमध्ये ८८ दशमलव ३७ प्रतिशत अर्थात् १ अर्ब ७ करोड २९ लाख ३ हजार रूपैयाँ खर्च भएको छ । त्यसैगरी, पुँजीगततर्फ १ अर्ब ५ करोड ४८ लाख ३५ हजार रूपैयाँमध्ये ६९ दशमलब ४ अर्थात् ७३ करोड २० लाख २९ हजार रूपैयाँ खर्च भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

कुल २ अर्ब २६ करोड ८९ लाख ५० हजार रूपैयाँमध्ये १ अर्ब ८० करोड ४९ लाख ३३ हजार रूपैयाँ खर्च भएको छ । एक वर्षमा नगरले ३५ दशमलव ४८ किलोमीटर कालोपत्रे, ४१ किलोमीटर ग्राभेल, ३३ किलोमीटर नयाँ ट्रयाक खोलिएको, ६ किलोमीटर मर्मत, १८ वटा कल्भर्ट निर्माण गरेको छ ।

त्यसैगरी, चारवटा पार्क निर्माण, ९ सय ८० घरमा खानेपानी धारा जडान, १५ वटा कुवा निर्माण, चारवटा डिप बोरिङ र १८ किलोमीटर नाला निर्माण गरिएको उपमहानगरले जनाएको छ । साथै नयाँ विद्यालय भवन १० वटा, पुराना विद्यालयमा आठवटा भवन, तीनवटा स्वास्थ्य चौकी र यात्रु प्रतिक्षालय तीनवटा निर्माण भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here