- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-news११ वर्षसम्म पनि मौन प्रशासन, सञ्चार उद्यमी धिताल हत्या प्रकरण

११ वर्षसम्म पनि मौन प्रशासन, सञ्चार उद्यमी धिताल हत्या प्रकरण

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ७ साउन । सञ्चार उद्यमी देविप्रसाद धिताल (हेमराज)को हत्या भएको ११ वर्ष भएको छ । २०६७ साल साउन ६ गते तत्कालिन उरहरी गाविस वडा नम्वर ४ हेमनगरमा धिताललाई गोली हानी हत्या गरिएको थियो । तुलसीपुर–६ हेमनरका हेमराजको हत्यारा पत्ता लगाउन हत्या भएको ११ वर्ष बिति सक्दासम्म पनि प्रहरी÷प्रशासनले चासो दिएको छैन ।

नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवार बन्ने तयारीमा रहेको धिताल आफ्नो त्यहि तयारीका लागि नेता कार्यकर्तालाई भेटघाटमा हिडेका थिए । सोहि बेला साउन ६ गते बेलुकी पौने ६ बजे हेमनगरमा गोली हानी हत्या भएको थियो । एक घरबाट बाहिर निस्कदै गर्दा राप्ती लोकमार्गतर्फ पुग्दा घेरा हाली गोली प्रहार गरेको त्यतिबेला स्थानीयहरूले जनाएका थिए ।

गोली लागि गम्भीर घाइते धिताललाई उपचारका लागि नेपाली सेनाको १९ नम्वर बाहिनीमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । हत्यापछि उनका हत्याराको खोजी भईरहेको प्रहरीले अहिले पनि दाबी गरिरहेको छ तर उपलब्धि भने शुन्यजस्तै छ । प्रहरीले अनुसन्धान जारी राखेको भनिए पनि देविप्रसाद धिताल हेमराज प्रतिष्ठानले हत्यामा संलग्न अपराधिहरूलाई कानूनी दायरामा ल्याउन दवाव दिन अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठान र परिवारजनलाई हत्याराको नजिक पुगेको भनेको प्रहरीले ११ वर्षसम्म उपलब्धि केही दिन सकेको छैन ।

प्रतिष्ठान र परिवारजनलाई हत्याराको नजिक पुगेको भनेको प्रहरीले ११ वर्षसम्म उपलब्धि केही दिन सकेको छैन । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, उच्च अधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी, राजनीतिककर्मी, आमसञ्चार, नागरिक समाज, अधिकारकर्मीलगायतले हत्यामा संलग्नको खोजीमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

ती प्रतिवद्धता वर्षेनी थपिने मात्र भएका छन् पूरा भने कुनै पनि प्रशासक, प्रहरी नेतृत्व र राजनीतिक नेतृत्वले गर्न सकेका छैनन् । २०६८ सालमा स्थापना गरिएको प्रतिष्ठानले प्रत्येक वर्ष स्मृति दिवसको अवसरमा सम्झना गर्दछ भने स्थानीय प्रशासन र सरोकारवालाहरूलाई दोषीलाई कारवाहीका माग गर्दै झक्झकाई रहन्छ ।

यसवर्ष स्वर्गीय धितालको अर्धकदमा माल्यार्पण कार्यक्रम गरेको छ । प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरेको अध्यक्षता एवं मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतको विशिष्ठ आतिथ्यमा माल्यापर्ण गरिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङलाई बुधबार ज्ञापनपत्र प्रतिष्ठान र परिवारले संयुक्तरूपमा बुझाएका छन् । ज्ञापनपत्रमा युवा ब्यवसायी, सामाजिक व्यक्तित्व, अधिकारकर्मी एवं रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष स्वर्गीय देवीप्रसाद धिताल (हेमराज) हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ ।

प्रतिष्ठानले प्रमुख जिल्ला अधिकारी कुरूम्वाङसमक्ष ज्ञापनपत्र बुझाउँदै रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराजका हत्यारालाई तत्काल पत्ता लगाई कानूनी कारवाही गर्न, हेमराजलाई शहिद घोषणा गर्नका लागि अविलम्व प्रक्रिया अगाडी बढाउन, धिताल हत्या घटनाको हालसम्म भएका अनुसन्धानको उपलब्धिबारे परिवारजन तथा यस प्रतिष्ठानलाई जानकारी गराउन माग गरिएको छ ।

हेमराज हत्याकाण्डबारे सत्यतथ्य बाहिर नआउँदा सिंगो समुदाय, परिवार र उनको आवद्धता रहेका संस्थाहरूमा समेत डरत्रासको वातावरण हालसम्म कायमै रहेकाले कानूनी शासनको प्रत्याभूति दिलाउन थप क्रियाशील हुन, यस क्षेत्रको समग्र शान्ति सुरूक्षालाई विशेष सुनिश्चिता गराउन, स्वर्गीय धितालले समाज रूपान्तरणका लागि गरेको योगदानको उच्च सम्मान गर्दै ति अभियान तथा गतिविधिलाई राज्यले संस्थागत गर्दै अपनत्व ग्रहण गर्न प्रतिष्ठानले प्रमुख जिल्ला अधिकारी कुरूम्वाङलाई ध्यानाकर्षण गराएको प्रतिष्ठानका अध्यक्ष रजौरेले जानकारी दिए । स्मृतिको अवसर पारी प्रत्येक वर्ष गरिने विविध कार्यक्रम भने यसवर्ष र गतवर्ष कोरोना भाइरस र लकडाउनका कारण हुन सकेनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here