- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजबिरामी र कुरूवालाई भोजन

बिरामी र कुरूवालाई भोजन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ७ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामी र बिरामी कुरूवाका लागि निःशुल्क खाना खुवाउन सुरू गरिएको छ । दाङको तुलसीपुरमा रहेको प्रादेशिक अस्पतालका बिरामी र कुरूवाका लागि बुधबारदेखि खाना खुवाउने अभियान सुरू गरिएको छ । अस्पतालमा उपचारार्थ बिरामी र कुरूवाहरूको लागि निःशुल्क भोजनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले बताए ।

उपचारका लागि आउने बिरामी र उनका कुरूवाहरूको खाना सहजताका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको उनले बताए । पहिलो चरणअन्तर्गत दुई महिनाका लागि भोजन अभियान सुरू गरिएको प्रमुख जिल्ला अधिकारी कुरूम्वाङको भनाई छ । त्यो प्रभावकारी भए समय बढ्नेसमेत बताए । अहिले जय गुरूदेव धर्म विकास संस्थाल निःशुल्क खाना खुवाउने काम सुरू गरेको छ ।

केहिदिन अघि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अस्पतालमा अनुगमन गर्ने क्रममा आर्थिक समस्याका कारण बिरामी र उनका कुरूवाहरू भोकै बस्न बाध्य भएको भेटेपछि धर्म विकास संस्थालाई निःशुल्क रूपमा खाना खुवाउन पहल गरिएको थियो । केही दिन अघि हामीले राप्ती प्रादेशिक अस्पतालको अनुगमन गरेका थियौँ, प्रजिअ कुरूमवाङले भने– ‘अनुगमन गर्दै गर्दा कयौँ विरामी र कुरूवाहरू खाना खान नपाएको दुखेसो गर्नुभयो, यसर्थ म आफैले समन्वय गरेर यो अभियान सञ्चालन गरिएको छ ।

‘अहिले पहिलो चरणमा दुई महिनासम्म सञ्चालन हुन्छ’ उनले भने, ‘अवस्था हेरे निरन्तर पनि जान सक्छ ।’ बिरामीहरूको समस्यालाई ध्यानमा राखेर जय गुरूदेव धर्म विकास संस्थालाई दुई महिनासम्म निःशुल्क खाना खुवाउन आग्रह गरेपछि अभियान सुरू भएको उनले बताए ।

बिरामीलगायत अन्य असहाय व्यक्तिहरूलाई संस्थाले आफ्नो संस्थाको सदस्यहरूको मुठ्ठी दान र कमाईको दश प्रतिशत रकमले दुई महिनासम्म निःशुल्क बिहान साँझको खाना खुवाउने बाबा जय गुरूदेव धर्म विकास संस्थाका सचिव शालिकराम पराजुलीले जानकारी दिए । पहिलो चरणमा दुई महिनाको लागि आयोजना गरेको निःशुल्क भण्डारण सेवा आवश्यक परेमा दुई महिनाभन्दा बढी सञ्चालन गर्न सकिने सचिव पराजुलीको भनाई छ ।

उनले बिरामीहरूले खाना खाने समयलाई ध्यानमा राख्दै समयमै स्वस्थ र स्वादिष्ट खाना खुवाउने जानकारी दिए । संख्यात्मक रूपले खाना खुवाउनेभन्दा पनि आवश्यकताका आधारमा खाना खुवाउने उनले बताए । ‘दैनिक यतिजनालाई खाना खुवाउने भनेर हामीले भन्दैनौँ’ उनले भने– ‘जो भोकै हुनुहुन्छ, खानाखान समस्या छ त्यस्ता व्यक्तिहरू आउनुभयो भने हामीले खाना छैन भन्दैनौँ ।’ खाना खुवाएर पठाउँछौँ ।

अस्पतालमा उपचार सेवा लिन आउनेहरूमध्ये सबैभन्दा धेरै आर्थिक अवस्था कमजोर भएका, गरिव, दुःखी व्यक्तिहरू नै भएकाले निःशुल्क भोजन अभियानले उनीहरूलाई ठूलो राहत मिल्ने अस्पतालका सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताए । सरकारी अस्पतालमा उपचारका लागि गरिब दुखी बढी आउने भएको हुँदा यस्ता अभियानले धेरै सहज र सहयोग पुग्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here