- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरअनलाइनबाटै पेट्रोलियम पदार्थको अर्डर

अनलाइनबाटै पेट्रोलियम पदार्थको अर्डर

- Advertisement -spot_img

दाङ, ७ साउन । नेपाल आयल निगमले निगमका सबै कारोबारलाई एउटै अनलाईन प्रणालीबाट सञ्चालन गर्ने भएको छ । निगमले एक वर्षको तयारीपछि एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली (ईआरपी) कार्यान्वयनमा ल्याएको छ । ईआरपीको कार्यान्वयन सुरू भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पहिलो चरणमा आइतबारदेखि देशैभरका निगमको डिपोहरूबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा सुरू भएको उनले बताए । निगमको र लेखा प्रशासन विद्युतीय माध्यममा गइसकेकाले निगमसँग तेल खरिद गर्ने व्यापारीहरू अब घरमै बसेर विद्युतीय प्रणालीमा आधारित कारोबार गर्न सक्ने उनले जानकारी दिए ।

अबदेखि निगमले उपलब्ध गराएको युजर नाम र पासवर्डबाट प्रणालीमै व्यवसायीले तेलको अर्डर गर्न र त्यसको भुक्तानी पनि गर्न सक्ने उनको भनाइ छ । विद्युतीय माग र भुक्तानीकै आधारमा डिपोमा पुग्ने ट्यांकरमा तेल लोड हुने हुँदा निगममा बैंक भौचर र नगद कारोबारको युगको अन्त्य भएको प्रवक्ता उपाध्यायले बताए ।

ईआरपीअन्तर्गतको विद्युतीय कारोबारको थालनीको आइतबार निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ईआरपीको विभिन्न टुल्सहरूमध्ये पहिलो चरणमा निगमको सबै कारोबार विद्युतीय र डिजिटल बैंकिङमा आधारित भएको उनले बताए । निगमको बागमती प्रादेशिक डिपोले नयाँ प्रविधिमा आधारित बिलिङ प्रणालीबाट सोमबार ठूलो मात्रामा डिजेल, पेट्रोल र मट्टीतेलको कारोबार गरेको दाबी गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here