- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeफिचरवडास्तरीय फुटबलको उपाधी टिकरी युथलाई

वडास्तरीय फुटबलको उपाधी टिकरी युथलाई

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ७ साउन । वडास्तरीय फुटबल प्रतियोगिता २०७८ को उपाधी टिकरी युथ क्लवले प्राप्त गरेको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा सञ्चालन भएको प्रतियोगितामा बिवाईसी युथ क्लव बुटुनियालाई ०–१ गोल अन्तरले पराजित गर्दै टिकरी युथ क्लवले उपाधी जितेको हो । प्रतियोगिता अश्वारा युथ क्लव तुलसीपुर–८ को आयोजनामा मावि अश्वाराको खेल मैदानमा सम्पन्न भएको थियो ।

उपाधी जितेको युथ क्लवले नगद १२ हजार एकसय तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा सम्मानजनक हार ब्यहोरेको बिवाईसी उपविजेतामा सीमित रहदै नगद ५ हजार एकसय र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको ५५ औँ मिनेटमा जर्सी नम्बर ४० का समीर डाँगीले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा देवराज बस्नेत, नवीन सेन ठकुरी र विवेक खड्का रहेका थिए ।

साउन १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको समापन समारोह अश्वारा युथ क्लवका अध्यक्ष प्रविन सेन ठकुरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष वेदबहादुर केसीको प्रमुख आतिथ्य एवं खेलप्रेमी युवा समाजसेवी किरण बहादुर शाह र नारायण भट्टराईको विशिष्ट आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताए ।

मानव स्वास्थ्यसँगै राष्ट्रको सान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो यसर्थ यो जीवनको अभिन्न अंग हो उनले भने । यसको उच्च आदर्शलाई खेलाडीले आत्मसात् गर्दै अनुशासनपूर्वक खेल खेल्न आग्रह गरे । साथै उनले वडामा स्थापित क्लव तथा खेलाडीहरूलाई लक्षित गर्दै खेल मैदान निर्माण र आवश्यक खेल सामग्री उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकीय सचिव धर्म ओली, समासेवी जुद्धबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा प्रतियोगिता अवधिभर सात गोल गर्ने टिकरी युथ क्लवका क्याप्टेन जर्सी नम्बर ११ का सन्दिप विकलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । श्रीधर साहुको स्वागत रहेको कार्यक्रमको सञ्चालन गंगाराम बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here