Thursday, April 18, 2024
Homeफिचरएक वर्षमा ३९ किलो लागूऔषधसहित ७६ जना पक्राउ

एक वर्षमा ३९ किलो लागूऔषधसहित ७६ जना पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ७ साउन । दाङमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले अभियानमा कडाई गरेपनि त्यसको नियन्त्रणमा चुनौती देखिएको छ । वितेको एक वर्षमा विभिन्न प्रकारका ३९ किलो लागूऔषध सहित ७६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी वर्षेनी प्रहरीले लागूऔषध बरामद र व्यक्ति पक्राउ गर्दै आएको छ । तर नियन्त्रणमा भने चुनौती झन–झन थपिदै गएको छ । भरिया र सेवनकर्तालाई मात्रै प्रहरीले पक्राउ गर्दा यसको मुख्य कारोबारीसम्म भने पुग्न सकेको छैन् । पक्राउ पर्नेहरूले पनि आफूहरूलाई पैसामा लोभ देखाएर भरिया मात्रै बनेको बताउने गरेको प्रहरीमा बयान दिने गरेका छन् ।

वितेको आर्थिक वर्षमा १५ किलो चरेससहित ६ जना, २१ किलो ८ सय १७ मिलिग्राम अफिमसहित १४ जना, ४ सय ६८ ग्राम ५ सय ८९ मिलिग्राम ब्राउन सुगरसहित ४६ जना, २ किलो ७ सय ३२ मिलिग्राम गाँजा सहित ५ जना र ३ हजार २३ ट्याबलेट नाइट्रोभेटसहित ५ जना पक्राउ परेका छन् ।

उक्त लागूऔषध बरामद र पक्राउ परेका व्यक्तिविरूद्ध ३९ वटा मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ब्राउन सुगर र अफिम मुद्दामा अझै १२ जना व्यक्ति फरार रहेका छन् । चालु आर्थिक वर्षमा पनि दैनिकजसो प्रहरी लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here