- Advertisement -spot_img
Saturday, July 31, 2021
Homeफिचरदाङमा थप ३३ मा कोरोना

दाङमा थप ३३ मा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ७ साउन । दाङमा बुधबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १ सय जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरू घोराहीका २० जना, तुलसीपुरका ३, लमही ४, बबईका र राजपुरका १÷१ जना र राप्ती र शान्तिनगरका २÷२ जना रहेका छन् ।

योसँगै दाङमा अहिले सक्रिय बिरामीको संख्या १०२ जना रहेको छ । ति मध्ये ८३ जना घरमै, ११ जना सामान्यमा र आईसियुमा ८ जना बिरामी रहेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस्तै बुधबारमा २६ जना कोरोना मुक्त भएका छन् । जसमा तुलसीपुरका २, घोराहीका १७, लमहीका ३, गढवाका २, राजपुर र राप्तीका १÷१ जना संक्रमित कोरोना मुक्त भएका हुन् ।

योसँगै बैशाखयता कोरोनामुक्त हुनेको संख्या ८ हजार ४ जना रहेका छन् भने संक्रमितको कुल संख्या ८ हजार ३ सय १२ पुगेको केन्द्रले जनाएको छ । दाङमा बितेको २४ घण्टामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १४ का ४२ वर्षिय पुरूष रहेका छन् । योसँगै कोरोनाबाट जिल्लामा हालसम्म २ सय सातजनाको मृत्यु भईसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here