- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsबाघको छाला सहित दुईजना पक्राउ

बाघको छाला सहित दुईजना पक्राउ

- Advertisement -spot_img

दाङ,६साउन ।  दाङ प्रहरीले प्रतिवन्धित बाघको छालासहित दुईजनालाई पक्राउ गरेको छ । बुधबार बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गजराज सिमेन्ट लेखिएको बोरा बोकेर शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई नियमीत चेकजाँचमा खटिएको प्रहरीको टोलिले खानतलासी उनीहरुको साथबाट टाटेपाटे बाघको घाला बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षका रामबहादुर दमाई र रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १० चौखावाङ बस्ने ५४ वर्षका पुर्ण सिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले पुच्छरदेखि टाउको सम्मको ५ फिट २ ईन्च लम्बाई र १ फिट ४ ईन्च छातिको भाग ,नंग्रा र जुंगा सहितको बाघको छाला जस्तो देखिने सुकेको छाला र दुईथान मोबाइल बरामद गरेको छ ।


प्रहरीका अनुसार पक्राउ परेका दुवैजनालाई प्रतिवन्धित वन्यजन्तु (बाघ) को छाला ओसारपसार तथा बिक्रि वितरण मुद्धा दर्तागरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here