- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजसिंचाई सहजले किसान हर्षित

सिंचाई सहजले किसान हर्षित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ६ साउन । सिंचाईको अभावले समयमा खेती गर्न नपाएका पश्चिम दाङका किसानहरूले यस वर्ष समयमै धान खेती गरेका छन् । सिंचाई कुलो बनेपछि अहिले स्थानीय खेतीपातीमा ब्यस्त भएका छन् ।

जिल्लामा अहिलेसम्म ९६ प्रतिशत रोपाई भइसकेको छ । कुलोमा पानी नआउने, आए पनि सिपेच भएर खेतसम्म नपुग्ने अवस्थाले झेलिरहेका किसानले यसवर्ष असारमै लगभग धान रोपिसकेका छन् । विगतका वर्षहरूमा असार अन्तिममा ब्याड राख्ने किसानहरू अहिले बाह्रमास सिंचाईको सुविधाका लागि पक्की नहर बनेपछि त्यो समयमा रोपिसकेका छन् । समयमै खेती गर्न पाउँदा किसानहरूसमेत खुसी देखिएका छन् ।

दाङको ५६ हजार हेक्टर क्षेत्रफल सिंचाई गर्ने उद्देश्य बोकेको बृहत् दाङ उपत्यका सिंचाई आयोजना सिंचाईका नहर र सिंचाईको ब्यवस्थाका लागि जलाशय निर्माण भएपछि किसानहरूलाई समयमै खेती गर्न सहज भएको स्थानीयहरूको भनाई छ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर २ किशनताराका भिमबहादुर खड्काले पक्की नहर निर्माण भएपछि समयमै खेती गर्न पाएको र सिंचाईको समस्या टरेकोमा खुसी छन् । पक्की नहर निर्माण नहुँदासम्म स्थानीयले वन जंगलबाट स्याउला सोत्तरले कुलोको बाँध बाँधेर खेतबारीमा कुलोबाट पानी लैजाने समस्या अहिले पक्की नहरले टरेको सुनाए ।

बृहत् दाङ उपत्यका सिंचाई आयोजनाले किसानको खेतबारीमा पानी डो¥याउका लागि पक्की बाँधसँगै पक्की नहर निर्माण गरिदिएपछि त्यो झन्झटबाट स्थानीय किसानहरू मुक्त भएको र सबैले समयमै खेती गर्न पाएको स्थानीयहरूको भनाई छ । सिंचाईको कुलो पक्की भएपछि स्थानीयले बेमौसमी तरकारी, मकै, गहँुलगायतका खेती गर्न अबदेखि सहज हुने स्थानीयहरूको भनाई छ ।

शान्तिनगर–४ काठकुवामा पनि सिंचाईका लागि पक्की नहर निर्माण भएपछि स्थानीयलाई सिंचाईमा सहज भएको योजनाका अध्यक्ष पदमबहादुर डाँगीले बताए । करिब ३७ लाखको लागतमा सम्पन्न भएको हो । त्यो नहर ५ सय ४० मिटर लामो छ । अहिले उक्त नहरबाट ८/९ सय बिगाह जमिनमा सिंचाई हुने गरेको छ ।

शान्तिनगर–३ फलाटेखोलीमा करिब ६० लाखको लागतमा बाह्रैमास सिंचाईका लागि जलाशय निर्माण गरिएको छ । सोलार लिफ्टिङ योजना अनुसार जलाशय निर्माण गरेर एक सय हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । जलाशयले सिंचाईलाई सहज बनाएर र सुख्खा ठाउँमा सिंचाई हुन थालेको स्थानीयहरूको भनाई छ ।

बृहत् दाङ उपत्यका सिंचाई आयोजनाका प्रमुख राजु आचार्यले दाङमा बाह्रैमास भरपर्दो सिंचाई सुविधा पु¥याउने उद्देश्यअनुरूप काम भइरहेको र त्यसअन्तर्गत सिंचाई कुलो, नहर, जलाशय निर्माण गरिएको बताए । उनले यो कामले नागरिकहरूले सिंचाई सहजरूपमा पाएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here