- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजघरेलु मदिरा सेवन गर्दा चारको मृत्यु

घरेलु मदिरा सेवन गर्दा चारको मृत्यु

- Advertisement -spot_img

रोल्पा, ६ साउन । घरेलु मदिरा सेवन गरेका रोल्पाका चारजनाको मृत्यु भएको छ । बाग्लुङको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका छजनाले घरेलु मदिरा सेवन गरेकोमा चारजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा सोमबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।

मृत्यु हुनेहरूमा रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार मजदुरी गर्दै आएका १४ जनामध्ये छजनाले गलकोट नगरपालिका–७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, विस्कुट खाएर कोठामा गएपछि बिरामी परेका थिए ।

अन्य दुईजनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए । रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ । लोकल रक्सी खाएको भन्ने बुझिएको र दुईजनाको किड्नीमा असर गरेको डा.पोखरेलले बताए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here