- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजवन मुद्दामा फरार चार पक्राउ

वन मुद्दामा फरार चार पक्राउ

- Advertisement -spot_img

दाङ, ५ साउन । जिल्ला प्रहरी कार्यालय दाङले वन मुद्दामा फरार रहेका चारजनालाई पक्राउ गरेको छ । प्रहरीले राजपुर गाउँपालिका–७ राताकासमा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ राताकास निवासी ४५ वर्षिय निमप्रसाद विक, सोही ठाउँ निवासी ६३ वर्षिय धनदल बहादुर विक, ६२ वर्षिय राधिका विक, ३४ वर्षिय ताराकुमारी पुन रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका चारैजनालाई विसं २०७५ माघ १६ गते दाङ देउखुरी जिल्ला अदालतले सामूहिक वन मुद्दामा दोषी ठहर गरी जनही ७१ हजार पाँच सय २१ रूपैयाँ ५० पैसा जरिवाना तोकेको थियो । अदालतको फैसला लगत्तै फरार रहेका उनीहरूलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

बदेलको मासुसहित पाँच पक्राउ

यसैबीच प्रहरीले बदेलको मासुसहित पाँचजनालाई पक्राउ गरेको छ । जंगली बदेल काटेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा घटनास्थलबाटै डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँचजनालाई २१ किलोभन्दा बढी मासुसहित पक्राउ डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेमा जंगली बदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित ५ जना व्यक्तिलाई पक्राउ परेको कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेका बोधिप्रसाद खत्री, श्रीराम थापा, रूद्रबहादुर रोका बिरबहादुर रोका र कौशिला गुरूङ रहेको सवडिभिजन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिए । घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत विष्णुप्रसाद लामिछाने र सिद्धान्त बराल र प्रहरी चौकी गोग्लीबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here