- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरसामुदायिक वन क्षेत्रमा बाँस

सामुदायिक वन क्षेत्रमा बाँस

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ६ साउन । बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न दाङमा करिव १९ किलोमीटर क्षेत्रमा बाँस रोपिएको छ । बस्ती नजिकको वन क्षेत्र वर्षेनी अतिक्रमण हुने, वन्यजन्तु मानव बस्तीमा आएर मानवीय र धनजनको क्षति पु¥याउने र बस्तीमा स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसको न्यूनीकरणका लागि दाङका १२ वटा सामुदायिक वन क्षेत्रको करिव १९ किलोमीटर क्षेत्रमा बाँसरोपण गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत दाङको उच्चजोखिम क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिकाका ६ वटा, बबई गाउँपालिका ३ वटा, तुलसीपुर उपमहानगरपालिकाका २ र दंगीशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बाँसरोपण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

बाँस चाँडै हुर्कने हुँदा वन र बस्तीबीचको स्थायी सीमाको काम गर्र्नेे, बास बहुउपयोगी भएकाले किसानहरूले त्यसमार्फत आयआर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले वर्षेनी आफ्नो सीमा बढाउँदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य कम पनि कम गर्ने हुँदा बाँसरोपण कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको सूचना अधिकारी केसीले बताए ।

प्रति दुई मीटरको दूरीमा बाँसरोपण गर्दा एक किलोमीटरमा करिव ५ सय बाँस रोपिएको छ । तारवारसहित यो वर्ष ९ हजार बाँस रोपिएको छ । बाँसरोपणका लागि खरिद, संकलन र ढुवानी खर्चवापत प्रति राइजोम (बाँसको गाना) वापत २ सय रूपैयाँ कार्यालयले बाँस रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here