- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsखोप तमासा

खोप तमासा

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ४ साउन । दाङमा कोरोनाविरूद्धको खोपमा तमासा देखिएको छ । नागरिकहरूलाई दिनभर घाममा उभ्याएर खोप नदिएर फर्काइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको खोप व्यवस्थापन ढिलासुस्तीले गर्दा जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका खोप केन्द्रमा सोमबार खोप तमासा देखिएको छ ।

आइतबारदेखि सुरू भएको पछिल्लो चरणको खोप पहिलो दिन सहजरूपमा व्यवस्थापन भएको देखिए पनि दोस्रो दिन सोमबार नगरका पाँचवटा वडामा खोप व्यवस्थापनमा कमजोरी हुँदा तमासा देखिएको थियो । राप्ती प्रादेशिक अस्पतालमा खोप भण्डारण गरेर वितरण हुँदै आएको अवस्थामा सोमबार अस्पतालको स्टोर हेर्नेले आफूअनुकूल खोप वितरण गरेपछि यहाँका पाँचवटा वडाका नागरिक खोपविहीन भएका छन् । बेलुका ४ बजेसम्म खोपका लागि लाइन बसेका नागरिक बेलुका खोप केन्द्रमा खोप नपुगेपछि खोप नलगाएर घर फर्किएका हुन् ।

जसका कारण पालिकामा निर्धारण गरिएका खोप केन्द्र दिनभर जसो तनाबग्रस्त देखिए । तुलसीपुर–७ हात्तीखौवाकी जयकला खड्का बिहान ८ बजेदेखि लाइनमा लागेपनि दिउसो ३ बजेपछि मात्र उनले खोपको कार्ड मात्र बनाइन् । तर खोप लगाउने पालो आएको छैन । अस्पतालमा बढी भिडभाड भएकाले संक्रमणको जोखिम एकातिर, खोप नपाउने पिर अर्कोतिर उनलाई थियो । उनले जेष्ठ नागरिकहरुलाई सहज ढङ्गले खोप लगाउने ब्यवस्था हुनुपर्ने बताए ।

पहुँच हुने वडा अध्यक्षले आफ्नो वडामा आवश्यकता बढी खोप लिएको र खोप विवरण प्रक्रियामा ज्यादती भएको भन्दै केही वडा अध्यक्षहरू र तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुखसहितका कर्मचारीहरूबीच विवादसमेत भएको छ ।

पहुँच हुने वडा अध्यक्षले आफ्नो वडामा आवश्यकता बढी खोप लिएको र खोप विवरण प्रक्रियामा ज्यादती भएको भन्दै केही वडा अध्यक्षहरू र तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुखसहितका कर्मचारीहरूबीच विवादसमेत भएको छ । वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर विकले जनतालाई दिनभर खोप केन्द्रमा लाइन लगाएर खोप नपठाउँदा जनताले सास्ती भोगेको बताए ।

उनले दुई÷तीन घण्टा पैदल हिडेर खोप लगाउन आएका बृद्धबृद्धाहरू त्यत्तिकै फर्केको आक्रोश पोखे । ‘जनतालाई लाइन लगाइयो हाम्रा वडासहित पाँचवटा वडामा खोप नै पठाइएन’ उनले भने, ‘खोप वितरणमा मनपरी भयो, एउटै वडामा ८ सय खोप दिने हामीलाई एउटा पनि नदिने, यो कस्तो सिस्टम हो ?’

तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसीले आउँछ–आउँछ भनेर दिनभरी नागरिकलाई कुराउने काम स्वास्थ्यले गरेको बताए । कसैले दिने कसैलाई नदिने कार्यले आफूहरू आक्रोसित भएको बताए । तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले सोमबार जिल्लाले नै ढिलो गरी दिउँसो मात्रै खोप तुलसीपुर पठाएको बताए । उनले आफू वडाहरूको खोप केन्द्रमा निरिक्षणमा गएको समयमा आएको खोपको जिम्मा लिएकाले सहज व्यवस्थापन गर्न नसकेको हुँदा केही समस्या आएको बताए ।

उनले खोपको स्टोरको जिम्मा प्रादेशिक अस्पतालमा रहेको र त्यहिका कर्मचारीले वितरण गर्दा केही समस्या भएको बताए । ‘सोमबार मसँग समन्वय नै नभएर वितरण भएछ’ उनले भने, ‘सबैलाई अवस्था हेरेर वितरण गर्नुहोस् भन्दाभन्दै केहिले धेरै लिनु भएछ, कुनै वडामा खोप नै पुग्न सकेन ?’

दाङमा भेरोसेल खोप ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइदैछ । जिल्लाका पालिकामा र स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र स्थापना गरेर खोप लगाउन थालिएको भए पनि सोमबार धेरै नागरिक दिनभर लाइनमा बसेर खोप नपाएर फर्किएका छन् । सोमवार तुलसीपुरमा ५ हजार ३ सय ६० डोन खोप आएको थियो । तर पनि वडा नम्बर ३, ५, ७, ११, १५ ले खोप पाएनन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत भानुज्योति वलीले तुलसीपुर क्षेत्रमा दुई दिनको लागि दश हजार डोज आएको बताए । जिल्लाको स्टक खोप सकिदा बुटवलबाट ल्याउँदा सोमबार ढिला गरी खोप आएको बताए । सोमबार बिहान पूर्वतिर सबै स्थानमा बाँडेर आउँदा तुलसीपुर पुग्न २ बजेको उनको भनाई छ । दाङमा ३८ हजार डोज लगाउने लक्ष्य रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here