- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजकम्प्युटर शिक्षाका लागि आर्थिक संकलन

कम्प्युटर शिक्षाका लागि आर्थिक संकलन

- Advertisement -spot_img

देविराम कुसारी
तुलसीपुर, ५ साउन । प्राविधिक शिक्षा क्षेत्रका शिक्षकलाई तलव खुवाउन समस्या भएपनि बखरियाका अभिभावकहरू स्वयम् श्रोत संकलनको कार्यमा जुटेका छन् । विद्यालयको शैक्षिक अवस्था सुधार र प्रावि तहमा कम्प्युटर कक्षा सञ्चालन गर्ने उद्देश्यले अभिभावकहरूले आर्थिक संकलनको अभियान सुरू गरेका हुन् ।

तुलसीपुर उपमहानगपालिका–१३ बखरियाको प्राथमिक विद्यालय बखरियामा कम्प्युटर शिक्षा लागू गरी शिक्षकलाई तलब खुवाउन समस्या भएपछि त्यस क्षेत्रका अभिभावकहरूले विद्यालयका शिक्षक, व्यवस्थापन समिति, समाजसेवीहरूको सहमतिमा आर्थिक संकलन अभियान सुरू गरेका थिए । अभियानबाट हालसम्म एकलाख रूपैयाँ आर्थिक संकलन भएको छ ।

विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, स्थानीय पत्रकारलगायतका अभिभावकको सहमतिमा थालिएको आर्थिक संकलन अभियानले लक्ष्यभन्दा दुईगुणा बढी आर्थिक संकलन गरेको छ । प्रावि बखरियालाई मर्ज हुनबाट बचाउन विद्यार्थीको संख्या बढाउनुपर्ने र त्यसका लागि गुणस्तर तथा प्राविधिक शिक्षाको आवश्यक भएका कारण अभियान थालिएको प्रधानाध्यापक तारा भुसालले बताए ।

अभियानअन्तर्गत विद्यालयका पूर्वप्रधानाध्यापक तुलसीपुर–१३ बखरिया निवासी निमबहादुर केसीले २० हजार, वडा नम्वर १३ ढकनाका बलदेव रजौरे र निलहर रजौरेले संयुक्त रूपमा १० हजार, स्थानीय व्यवसायी तथा पत्रकार देविराम कुसारीले ५ हजार ५ सय ५५, ढकनाकै युवा ठाकुरप्रसाद डिसीले ५ हजार ५५, विद्यालयका प्रधानाध्यापक ताराप्रसाद भुसालले ३ हजार, शिक्षक तुलसी केसीले २ हजार ५ सय रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।

त्यसैगरी ढकनाका मोतिराम बस्नेतले १ हजार ५५, नरेश चौधरीले १ हजार ५०, बखरियाका कमल पाण्डेले १ हजार ५, खिमकान्त पाण्डेले १ हजार ५, हिमराज ढकालले १ हजार, शिक्षक बालिका लामिछानेले १ हजार, कार्यबाहक वडा अध्यक्ष विनोद पाण्डेले १ हजार रूपैयाँ आर्थिक सहयोग गरेका हुन् । अहिलेसम्म ८८ हजार नगद जम्मा भएको र केही अभिभावकले आर्थिक सहयोग गर्ने आश्वासन दिएको हुँदा एकलाख रकम जम्मा हुने प्रधानाध्यापक भुसालले बताए ।

स्थानीय समाजसेवी लिलाधर खत्री ढकाल र कृष्णलाल उपाध्याय सञ्चालक तथा गुणनिधि अधिकारी शिक्षक भएर २०१८ सालमा स्थापना भएको यो विद्यालय मृत्युशै्ययाबाट ब्युँझिएको हो । तुलसीपुर उपमहानपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्ज गर्ने भनी तयार पारेको ३३ वटा विद्यालयको नाममा प्रावि बखरिया पनि परेको थियो । स्थानीय अभिभावक, शिक्षक तथा समाजसेवीले भौगोलिक तथा यहाँको आर्थिक अवस्थाका बारेमा जानकारी गराएपछि उपमहानगर–पालिकाले मर्जको लिस्टबाट यो विद्यालयलाई हटाएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here