- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsभाडा बढ्यो, व्यवसायीलाई राहत, यात्रुलाई आहात

भाडा बढ्यो, व्यवसायीलाई राहत, यात्रुलाई आहात

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३ साउन । विमल नेपाली बिहीबार बिहानै तुलसीपुरबाट घोराही हिडे । बिहानैदेखि वर्षा भएकाले खोला बढ्न सक्ने आँकलन गरी उनी हतार–हतार बसमा चढे । बसमा चढेको केही समयपछि बसका कन्डक्टरले भाडा मागे । त्यति बेलासम्म उनलाई सार्वजनिक सवारीमा भाडा बढेको थाहा थिएन ।

उनले अघि–पछिका दिनजस्तै गरी घोराहीका लागि ५५ रूपैयाँ भाडा दिए तर बसको स्टाफले रकम कम भएको भन्दै लिन मानेनन् । बस स्टाफले भाडा बढेकोले थप १५ रूपैयाँ बढी भाडा मागे । केही समय त बढेको भाडा दिन मानेनन् तर बसमा सबैले भाडा बढेको भनेर भनेपछि नेपालीले घोराही जानका लागि ७० रूपैयाँ बुझाए । ‘कोरोनाले कमाईकाज नभएको समयमा भाडा पनि बढेछ, दुःख लाग्यो’ उनले भने–‘भाडा बढ्छ, महंगी बढ्छ, तर हाम्रो ज्याला कहिले बढ्दैन् ।’

  •  भाडा बढ्छ, महंगी बढ्छ, तर हाम्रो ज्याला कहिले बढ्दैन् ।
  •  कसरी एकैचोटी भाडा बढेको हो, पत्तै छैन् ।
  •  एकैपटक २८ प्रतिशतसम्म अस्वभाविक रूपमा भाडा बढेको छ ।
  •  बसमा भाडादर नराख्दा समस्या ।

घोराहीकी रीमा चौधरीले पनि शुक्रबार घोराहीबाट तुलसीपुर आउँदा ७० रूपैयाँ बुझाउन बाध्य भइन् । उनलाई पनि ५५ रूपैयाँ लाग्ने ठाउँमा ७० रूपैयाँ बुझाउँदा मन अमिलो भयो तर भाडा बढेको भन्दै गाडीका स्टाफले मागेपछि उनले १५ रूपैयाँ बढी भाडा बुझाइन् । ‘भाडा बढेको रै’छ, मैले त अघिपछिको जस्तै गरेर भाडाका लागि ५५ रूपैयाँ छुट्याएकी थिए, तर बढी भएको रै’छ ।’ उनले भनिन्– ‘कसरी एकैचोटी भाडा बढेको हो, पत्तै छैन्, जे गरेपनि मारमा पर्ने त हामी जनता त रै’छम् ।’

सार्वजनिक सवारीमा एकैपटक २८ प्रतिशतसम्म अस्वभाविक रूपमा भाडा बढेको छ । सरकारले बिहीबारदेखि लागू हुने गरी सवारीमा भाडा बढाएपछि सर्वसाधारण नागरिक मर्कामा परेका परेका छन् । लामो समयसम्म ठप्प हुँदा धरासयी बन्दै गएको यातायात व्यवसाय क्षेत्र भाडा बढेपछि राहतको महशुस गरेको व्यवसायी बताउँछन् । तर सर्वसाधरण नागरिकलाई भने समस्या परेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी समस्यामा परेको छ । पछिल्लो समयको भाडा बृद्धिले व्यवसायीलाई राहत थपेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बताए ।

उनले करिब नौ वर्षपछि सार्वजनिक सवारीको भाडा बढेको बताए । ‘डिजेल र पेट्रोलको मूल्य बढ्दा सामान्यरूपमा भाडा बढ्ने गरेपनि गाडीका अन्य पाटपूर्जाको मूल्यबृद्धि अनुसार नौ वर्षपछि मात्रै बृद्धि भएको छ ।’ उनले भने– ‘नौ÷नौ वर्षसम्म व्यवसायीले थोरै भाडा लिए, अहिले भएको मूल्यबृद्धिप्रति कुनै आश्चार्य मान्नुपर्ने विषय होइन् ।’

उनले कोरोना महामारीका कारण यातायात व्यवसायलाई धरापमा परेकाले पनि सरकारको पछिल्लो निर्णयले व्यवसायीले राहत महशुस गरेको बताए । ‘कोरोना महामारीले सबैभन्दा बढी यातायात क्षेत्रमा नराम्ररी प्रभावित भएका छन्’ उनले भने– ‘अहिलेसम्म करिब २० प्रतिशत व्यवसायी उठ्नै नसक्ने गरी विस्थापित भएका छन् ।’

सरकारले कोरोनाबाट विस्थापित हुन पुगेका यातायात व्यवसायीलाई आवश्यक नीति बनाई राहतका कार्यक्रम ल्याउनुपर्ने उनले बताए । ‘अहिले वृद्धि गरिएको भाडाले पनि विस्थापित व्यवसायी उठ्न सक्ने अवस्था छैन्’ उनले भने– ‘व्यवसायी विस्थापित हुँदा तिनमा कार्यरत मजदुरको रोजगारी पनि धरापमा छ ।’

भाडादर छैन् बसमा

सरकारले सार्वजनिक सवारीको भाडा बढाएपछि यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेका छन् । सार्वजनिक सवारीमा लामो दूरीमा भन्दा छोटो दूरीका सवारी साधनमा सर्वसाधारण नागरिकले तोकिएभन्दा बढी भाडा बुझाउन बाध्य छन् । भाडा बढेको दुई÷तीन दिनसम्म पनि यातायात व्यवसायीले सार्वजनिक सवारीमा भाडादरको सूचि राख्ने गरेका छैनन् । भाडादर नराखेर व्यवसायीले यात्रुबाट २८ प्रतिशतभन्दा बढी भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।

‘भाडादर नहुँदा बस व्यवसायीले बढी लिने गरेका छन्’ दंगीशरणका शिवराम चौधरीले भने– ‘कम्तिमा सबै बसमा भाडादर भएको भए हामीहरूलाई सहज हुने थियो ।’ सार्वजनिक सवारीमा तत्काल भाडादर राखिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताए । ‘भाडादर नराख्दा केही समस्या भएको हुनसक्छ’ उनले भने–‘ बढेको भाडादर सार्वजनिक सवारीमा एक÷दुई दिनभित्रै राख्दैछौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here