Saturday, April 27, 2024
Homebreaking-newsतुलसीपुर बैंकर्सको चौथो साधारणसभा

तुलसीपुर बैंकर्सको चौथो साधारणसभा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३ साउन । तुलसीपुर बैंकर्स क्लवको चौथो साधारणसभा तथा अधिवेशन शनिबार तुलसीपुरमा भएको छ । क्लवका अध्यक्ष सरोजकुमार लामिछानेको अध्यक्षतामा तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष रामप्रसाद चालिसेले बैंक र उद्योगी, व्यवसायीबीचको समन्वय र सहकार्य बढ्नुपर्ने बताए । उनले सेवा प्रवाह राम्रो बनाउन आग्रहसमेत गरे । ‘बैंकले केही व्यवहार सुधार गर्नुपर्छ’ उनले भने, ‘लगानी बढाउन सहजता आवश्यक छ ।’ ब्यवसायिक लगानी बढाउन र तुलसीपुरको निजी क्षेत्रसँग सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष विमल रिजाल, मानवअधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष सुशील बस्नेत, बैंकर्स क्लवका संस्थापक अध्यक्ष वीरबहादुर भण्डारी (मोहन) लगायतले बोलेका थिए । कार्यक्रममा तुलसीपुर क्षेत्रका बैंकर्सहरूको सहभागिता रहेको छ । २०७१ सालमा स्थापना भएको बैंकर्स क्लवले तुलसीपुर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै र सहकार्य गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here