- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरथप १८७५ मा संक्रमण

थप १८७५ मा संक्रमण

- Advertisement -spot_img

दाङ, ३ साउन । नेपालमा शनिबार थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ८ सय ५८ जनाको पिसीआर परिक्षणमा १ हजार ३ सय १० जना र ३ हजार २ सय ८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६५ जना गरी १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ । जसमध्ये ६ लाख ३० हजार ४ सय ७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २५ पुगेको छ ।
यसैगरी सक्रिय संक्रमितको संख्या २५ हजार ९ सय ५२ रहेको छ । जसमध्ये २३ हजार ४ सय ७७ जना होम आइसोलेसनमा र २ हजार ४ सय ७५ जना अस्पतालमा उपचाररत छन् भने शनिबार थप २ हजार १ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच संघीय संसद सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसदको अधिवेशनलाई लक्षित गर्दै संसद सचिवालयले ८ सय १ जनाको एन्टिजेन परिक्षण गराएको थियो । जसमध्ये ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । उनका अनुसार सभामुखसहित ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण देखिएका तीनजना कर्मचारीलाई पिसीआर परिक्षणका लागि पठाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here