- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजखैरो हिरोइनसहित दुईजना पक्राउ

खैरो हिरोइनसहित दुईजना पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २ साउन । दाङमा ठूलो परिमाणमा लागूऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले लमहीबाट बाँकेका २ जनालाई १ सय १० ग्राम लागूऔषध हिरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ का ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका वडा नं. ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । बाँकेबाट ठूलो मात्रामा लागूऔषध खैरो हिरोइन बिक्री वितरणका लागि दाङतर्फ ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लमही–९ तल्लो अमिलिया चोकबाट पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरूको साथबाट ३ पुडिया लागूऔषध खैरो हिरोइन फेला परेको उनले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राजा योगी २०७१ कार्तिक २३ मा महानगरिय प्रहरी वृत्त कालिमाटीबाट २० ग्राम ६ सय २० मिलीग्राम लागूऔषध खैरो हिरोइनसहित प्रक्राउ परी ६ वर्ष कैद सजाय भुक्तान गरी कारागार मुक्त भएका थिए ।

यस्तै पक्राउ परेका नोर महमद दर्जी २०७० मंसिर १६ मा जिल्ला प्रहरी कार्यालय बाँकेबाट डाँका चोरी कसुरमा २ वर्ष कैद भुक्तान गरी कारागारबाट मुक्त भएको जनाइएको छ ।

जिल्लामा दैनिकजसो लागूऔषध कारोवारी पक्राउ परिरहेका छन् । तर मुख्य कारोवारी भने एकजना पनि पक्राउ परेको देखिदैन । शुक्रबार प्रहरीले पक्राउ गरेका दुईजना यसअघि पनि लागूऔषध मुद्दा र चोरी डकैती मुद्दामा अदालतमा सजाय कटाई सकेका ब्यक्तिहरू हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here