- Advertisement -spot_img
Monday, August 2, 2021
Homeमनोरञ्जनपर्यटकीय क्षेत्रको विकास गरिदै

पर्यटकीय क्षेत्रको विकास गरिदै

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २ साउन । दाङको बंगलाचुली गाउँपालिका अन्तर स्थानीय तह सहकार्यमा जुटेको छ । बंगलाचुली गाउँपालिकाले प्यूठानको माण्डवी गाउँपालिकासँगको सहकार्यमा बंगलाचुली–ठूलीलेख पर्यटकीय क्षेत्रको विकास गर्ने गरी अन्तर स्थानीय तह सहकार्यको थालनी गरेको हो ।

जसअनुसार बंगलाचुली गाउँपालिका र माण्डवी गाउँपालिकाको सीमानामा रहेको बंगलाचुली–ठूलिलेख पर्यटकीय क्षेत्र विकासका लागि दुईवटै पालिकाले संयुक्तरूपमा लगानी गर्ने भएका छन् । बंगलाचुली गाउँपालिका र माण्डवी गाउँपालिकाको संयुक्तरूपमा बसेको बैठकबाट यस्तो सहमति गरिएको हो ।

बैठकले पर्यटकीय क्षेत्र बंगलाचुली–ठूलिलेखलाई पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्यको रूपमा विकास गर्न पाँच÷पाँच करोड लगानी गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । बंगलाचुली गाउँपालिकाले सो क्षेत्रमा हालसम्म दुई करोड ५४ लाख लगानी गरी सकेको छ भने माण्डवी गाउँपालिकाले पाँच लाख ७० हजार लगानी गरिसकेको छ । आगामी दिनमा बंगलाचुली गाउँपालिकाले दुई करोड ५० लाख र माण्डवी गाउँपालिकाले पाँच करोड लगानी गर्ने गरी प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।

समन्वय र सहकार्यका लागि बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका मगर, प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजाललगायत दुईवटै पालिकाका सरोकारवालहरूको उपस्थितिमा बैठक बसेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here