- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरजेसीजको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

जेसीजको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २७ साउन । दाङमा जेसीज मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीजको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको समापन शनिबार एक कार्यक्रमका बीच गरिएको हो । तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी नेत्रलाल भट्टराईको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष वेदबहादुर केसीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाल जेसीज बर्ष २०२१ का बोर्ड सल्लाहकार तथा तुलसीपुर नगर जेसीजका पूर्वअध्यक्ष जेसी मेघराज घिमिरे, शान्तिदिप बोर्डिङ स्कुलका प्राचार्य गोविन्द बहादुर शाह, शान्तिदिप ब्याडमिन्टन कोर्ट निर्माण समितिका अध्यक्ष जगत्बहादुर शाह, अमृतपुर खानेपानी संस्थाका कोषाध्यक्ष जितबहादुर खड्का, तुलसीपुर नगर जेसीजका पूर्वअध्यक्ष जेसी सूर्यप्रसाद शर्मा, पूर्वअध्यक्ष जेसी दिपेश भण्डारी, पूर्वअध्यक्ष जेसी बिमलकुमार पौडेललगायतको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा तुलसीपुर नगर जेसीजका नौवटा टिमको सहभागिता रहेको थियो ।

शान्तिदिप बोर्डिङ स्कुल तुलसीपुर–८ दुधेनास्थित रहेको ब्याडमिन्टन कोर्टमा भएको खेलमा प्रथम जेसी मेघराज घिमिरे र जेसी सनद देवकोटाको टिम, द्वितीय जेसी विनोद न्यौपाने र जेसी बुद्धिराज सापकोटाको टिम र तृतीय स्थान जेसी कृष्ण पोख्रेल र जेसी कमल प्रकाश शर्मा र सान्त्वनातर्फ जेसी मानबहादुर बस्नेत र जेसी मेघराज पोख्रेलको टिम विजयी भएका छन् ।

कार्यक्रम संयोजक जेसी कृष्णप्रसाद पोख्रेलको स्वागत मन्तब्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा आस्थापाठ जेसी विनोद भण्डारीले गरेका थिए भने कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव जेसी दामोदर न्यौपानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here