Friday, April 26, 2024
Homeसमाजदुई अंकमा झ¥यो संक्रमण दर

दुई अंकमा झ¥यो संक्रमण दर

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १४ असार । कोरोना संक्रमणको हटस्पष्ट बनेको दाङमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै घटेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि दैनिक सरदर ३ सय बढी संक्रमित थपिने गरेकोमा पछिल्लो समय दैनिक सरदर १३ जना संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एकसातामा जिल्लामा ९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । असार ७ देखि १३ गतेसम्मको एकसाताको तथ्यांकलाई हेर्दा जिल्लामा दैनिक १३ जनामा संक्रमित थपिने गरेका छन् । पछिल्लो समय तीन अंकले बढेको संक्रमण दर घटेर दुई अंकमा आएको हो ।

थपिनेभन्दा निको हुने दर बढेको छ । एक साताको अवधिमा २ सय ४७ संक्रमित निको भएका छन् । संक्रमित थपिनेभन्दा निको हुने दर करिब तेब्बरले बढेको देखिएको छ । जिल्लामा एकसाताको तथ्यांकलाई हेर्दा दैनिक १३ जना संक्रमित थपिने गरेकोमा ३६ जना संक्रमित निको हुने गरेका छन् ।

जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार बैशाखयता ७ हजार ८ सय ११ जनामा संक्रमण देखिएकोमा अहिलेसम्म ७ हजार ५ सय ८ जना संक्रमित निको भएका छन् । केन्द्रको तथ्यांक अनुसार अहिले कुल संक्रमितको ९६ दशमलव १२ प्रतिशत संक्रमित निको भएका छन् । जिल्लामा असार १३ गते दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार १ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा एक महिना अघि जेठ १३ गते १ हजार २ सय ४२ जना रहेकोमा एक महिनाको अवधिमा सक्रिय संक्रमितको संख्या १ सयमा झरेको हो ।

कोरोना संक्रमण रोकथामका लागि १७ बैशाखदेखि लकडाउन गरिएको थियो तर लकडाउनकै बीचमा केही समय संक्रमितको दर उच्च बनेपछि जिल्लामा कोरोना संक्रमितले अस्पतालका बेडहरू हाउसफूल भएका थिए । तर पछिल्लो समय संक्रमितको संख्या घट्दै गएपछि अस्पतालका बेडहरू खाली हुँदै गएका छन् ।

बेलझुण्डी कोरोना विशेष अस्पताल डेढ महिना अघि कोरोनाका बिरामीले भरिभराउ रहेको थियो । दैनिक १०/१२ जना संक्रमित अस्पतालमा भर्ना हुन थालेपछि बेड र अक्सिजनको धेरै अभाव रहेको थियो । अस्पतालका व्यवस्थापक दोर्ण वलीलाई संक्रमित राख्न व्यवस्था मिलाइदिन आग्रह गरेर आउने फोन उठाउन भ्याइ नभ्याइ हुने गर्दथ्यो । तर अहिले संक्रमित घट्दै गएपछि सहज हुन थालेको छ । अस्पतालमा अहिलेको समयमा दिनमा १/२ जना मात्रै बिरामी भर्ना हुने गरेका छन् ।

‘डेढ एक महिना अघि संक्रमण दर उच्च हुँदा बिरामीले अक्सिजन र बेड पाउन मुस्किल नै थियो’ व्यवस्थापक वलीले भने–‘अहिले दैनिक १/२ जना बिरामी फाटफुट आउने गरेका छन्, अहिले विस्तारै सहज बन्दै गएको छ ।’ अवस्था सहज बन्दै गएपनि पछिल्लो समय बढेको भिडभाडले जोखिम बढाउने उनले बताए । कोरोनाको जोखिम उस्तै भएपनि सावधानीले संक्रमित घट्दै जान थालेको डाक्टर कमल खड्काले बताए ।

बिरामीको चाप कम हुदै गएपछि अस्पतालमा सहज वातावरण भईसकेको अवस्था छ । संक्रमण दर उच्च भएको समयमा भोक तिर्खा नभनी दिनरात बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीहरूलाई अहिलेको समयमा केही सहजता हुँदै गएको उनले बताए । ‘संक्रमण दर उच्च हुँदा स्वास्थ्यकर्मीलाई पनि निकै हम्मेहम्मे प¥यो’ उनले भने–‘संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउन नछोडौँ ।’

तर पछिल्लो समय संक्रमित घट्दै गएकाले लकडाउन केही खुकुलो पारिएको छ । जिल्लामा पछिल्लो समय बजार दिउँसो २ बजेसम्म खुल्ने गरेको छ भने सार्वजनिक सवारी पनि फाटफुट रूपमा चलेका छन् । बैंक तथा वित्तीय संस्थामा पनि भिडभाड बढेको छ । कोरोनाको तेस्रो लहर आउने सम्भावना भएकाले लकडाउन तत्काल खुल्ला गर्ने सम्भावना त कमै रहेको दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राणाले बताए । ‘लकडाउन खुल्ने तत्काल कम सम्भावना रहेको छ, तर खुकुलो बनाउँदै लैजाने भने निश्चित छ’ उनले भने– ‘लकडाउन खुकुलो भएपनि सावधानी चाहिँ अपनाउन नछोडौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here