- Advertisement -spot_img
Friday, September 29, 2023
Homebreaking-newsतुलसीपुर–घोराही यात्रामा सधैं सास्ती

तुलसीपुर–घोराही यात्रामा सधैं सास्ती

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १३ असार । लुम्बिनी प्रदेश सरकारले घोराही र तुलसीपुर दुई उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने योजना आगामी आर्थिक वर्षको बजेटमार्फत समेटिसकेको छ । अझ त्यतिमात्रै होइन मुख्यमन्त्री शंकर पोख्रेलले चुनावको समयमा घोराही र तुलसीपुरको मनोरेल सञ्चालन गर्ने भाषण पनि नगरेका होइनन् । काम नगरेपनि दाङका राजनीतिज्ञले विभिन्न समयमा यसरी नै चर्चा कमाउने गरेका छन् । विकास निर्माणको हरिबिजोगले माथि उल्लेखित सबै कुरा सपनामा कि विपनामा भन्ने प्रश्न उब्जिएको छ ।

विकास निर्माणको हरिबिजोक हेर्न टाढा पनि जानुपर्दैन् । घोराही तुलसीपुर रोडमा पर्ने पत्रेखोलामा पुल निर्माणको अवस्था हेरे पुग्छ । पुल वषौँ हुँदा पनि निर्माणले पूर्णता पाउन नसक्दा नेताका चिल्ला कुराले नागरिकलाई पिडाबोध गराउने गरेको छ । खोलामा पुल निर्माण नहुँदा घोराही तुलसीपुरको यात्रा वर्षामा जहिले पनि सकस हुने गरेको छ  । वर्षातको समयमा घोराही तुलसीपुरको यात्रा गर्नुप¥यो भने धेरै पटक सोच्नुपर्छ ।

खोलामा पुल नहुँदा शनिबार पनि घोराही–तुलसीपुरको यात्रामा हिडेका नागरिकले सास्ती पाए । लगातारको वर्षातका कारण खोलामा पानीको बहाव बढेपछि तुलसीपुरका विरबहादुर पुन शनिबार घोराही जान पाएनन् । बिहान करिब १० बजे घरबाट निस्केका विरबहादुर पत्रेखोलाकै कारण शनिबार घोराहीको यात्रा स्थगित गरेर तुलसीपुर फर्किए ।

‘खोलामा पानीको बहाव धेरै नै बढेपछि मोटरसाइलले पार गर्न सक्ने अवस्था रहेन्’ उनले भने–‘खोला घट्ला र घोराही पुगेर फर्किम्ला भनेको लगातार पानी परिरहेपछि खोला घटेन, अनि खोलाबाट त्यसै फर्किए ।’ जिल्लाको मुख्य सडकमा पर्ने खोलामा पनि पुल निर्माणको सुस्त हुँदा हरेक वर्षायाममा सास्ती पाउने गरेको उनले दुखेसो पोखे । ‘नेताहरू हिड्ने बाटोकै यस्तो हालत छ, अरू ग्रामीण ठाउँको हालत के होला ? त्यसैपनि अनुमान लगाउन सकिन्छ ।’ उनले भने– ‘पुल बन्ने कुरा त सम्झिने पानी छम्किने भने झैँ भएको छ ।’

घोराहीकी रीता भण्डारीलाई पनि शनिबार पत्रेखोलाले ठूलै सास्ती दियो । तुलसीपुर आउन हिडेकी भण्डारी खोला बढेपछि दिनभर खोलाकै किनारमा खोला घट्ने आशामा बसिन् तर पानीको बहाब निरन्तर बढेपछि उनी पनि करिब चार घण्टापछि घोराही फर्किइन् । ‘तुलसीपुर बिरामीलाई भेट्न हिडेको थिएँ तर खोलाकै कारण तुलसीपुर जान सक्ने अवस्था रहेन् अनि घोराही फर्किए’ उनले भनिन्– ‘वर्षामा घोराही–तुलसीपुर यात्रा गर्नुपर्ने भएपछि जहिलेपनि सास्ती हुने गरेको छ, खै कहिले होला निर्धक्कसँग गन्तव्यमा पुग्ने ?’

दाङले जति नेता जन्माए पनि जिल्लाका विकासमा नेतृत्वको कहिले पनि भूमिका प्रभावकारी हुन नसकेको उनले बताइन् । ‘नेताहरू जति भएपनि के लाग्यो र ? जहिले पनि पुल बन्न लागेको देखिन्छ, तर निर्माण सम्पन्न भएको देखिदैन् ।’ नेतृत्वको मौनताका कारण निर्माणमा चरम ढिलासुस्ती हुने गरेको उनको भनाई छ ।

‘पत्रेखोला, हापुरखोलाले वर्षामा जहिले पनि सास्ती दिने गरेको छ ।’ उनले भनिन्– ‘नेताले गरेको राजनीति खै कसका लागि रै’छ र ?’ पुल निर्माण समयमै नहुँदा नागरिकलाई सधैँ सास्ती हुने गरेको छ भने नेतृत्वको मौनताका कारण निर्माण व्यवसायीले मस्ती गरिरहेका छन् । तीन महिनामा निर्माण सम्पन्न हुने पत्रेखोला पुल विभिन्न कारणले सात वर्षसम्म निर्माण हुन सकेको छैन् ।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि रानाले खोलामा तत्काल पुल निर्माण नहुने भएकाले विकल्पमा कचवे निर्माण गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिइसकेको बताए । ‘सिडियोसहितको अनुगमन टोलीले सडक डिभिजन कार्यालय घोराहीलाई खोलाको कचवे मर्मतको लागि निर्देशन दिइसकेको छ’ उनले भने– ‘अनुगमन लगत्तै पानी परेकाले पनि तत्काल मर्मत नभएको होला ।’

सडक डिभिजन कार्यालय घोराहीका प्रमुख निरज शाक्यले खोलामा पानीको बहाब घट्ने वित्तिकै अहिलेको समस्या थोरै भएपनि समाधान गर्न सकिने बताए । ‘हामीले तत्काल गर्न खोजेपनि ठेकेदारले पुल निर्माणका लागि अड्याइएका खम्बाहरू हटाउन नसकेकाले समस्या देखिएको छ’ उनले भने– ‘अब पानीको बहाब घट्ने बित्तिकै कचवे मर्मत गछौँ, सानो भेलले छेक्ने छैन् ।’

पत्रेखोला पुल आर्थिक वर्ष २०७१/०७२ देखि निर्माण शुरू भएको हो । तर पुलले विभिन्न कारणले अझै पूर्णता पाउन सकेको छैन् । तत्कालिन अवस्थामा पुलको डिजाइन नमिलेको भन्दै निर्माण रोकिएको थियो । पछिल्लो पटक चालु वर्षको असोजमा मात्रै मन्त्रीपरिषद् बैठकबाट पुललाई यस वर्षभित्र पूर्णता दिने निर्णय गरेपछि निर्माण शुरू गरेको करिब ६ महिनासम्म पनि निर्माणले पूर्णता पाउन सकेन् ।

खोलाले बगाउँदा महिला बेपत्ता

शनिबार दिउँसो घोराहीस्थित बगाले खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. ११ शिवपुर निवासी ५० बर्षीया मिना भण्डारी जितपुरदेखि शिवपुरस्थित आफ्नो घर जाने क्रममा खोलामा आएको बाढीले बगाएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार बेपत्ता भण्डारीको खोजी कार्यका लागि १४ जना प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक मोहनजंग बुढाथापाको कमाण्डमा थप नौजना र प्रहरी नायव निरिक्षक गणेश कमाण्डमा पाँच सदस्यीय टोली खोजी कार्यका लागि खटाएको डिएसपी रिजालले जानकारी दिए । घटनास्थल घोराही बजारदेखि ५ किलोमिटर उत्तरमा पर्ने प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here