प्रदेश टुडे
तुलसीपुर, १३ असार । नेपाली कांग्रेसले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई एकथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोभिड–१९ का बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति अन्तरगतको विपद् समितिले पठाएको उक्त कन्सन्ट्रेटर राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको नेपाली कांग्रेस जिल्ला कोरोना फोकलपर्सन चूर्ण बहादुर चौधरीले बताए ।
हस्तान्तरण नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले विदेशमा रहेका कांग्रेसका शुभेच्छुक संघ संस्थाहरूमा आवद्ध युवाहरूको सहयोगबाट उक्त कन्सन्ट्रेटर प्राप्त भएको जानकारी दिए । ‘विपदको समयमा हामी जो जहाँ रहेपनि एक भएर उभिनुपर्छ’ सभापति खड्काले भने ‘आपसी सहयोग र सद्भावबाट मात्रै कोरोना भाइरसलाई प्रास्त गर्न सम्भव हुनेछ’ उनले प्रदान गरिएको उपकरणको सही सदुपयोग गर्न आग्रह पनि गरे ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्का, पूर्व सांसद तथा नेपाली कांग्रेस दाङका पूर्व सभापति गेहेन्द्र गिरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, नेता केशव आचार्य, नेपाल तरूण दल दाङका अध्यक्ष टिका घर्ती लगायतको सहभागिता रहेको थियो ।
अक्सिजन कन्सन्ट्रेटर बुझ्दै राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंहले सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस क्षेत्र नं। ३ का सचिव तथा नेपाली काँग्रेस दाङका कोरोना फोकल पर्सन चुर्णबहादुर चौधरीले गरेका थिए ।