Friday, February 7, 2025
Homeसमाजशिक्षक कर्मचारीलाई ल्यापटप

शिक्षक कर्मचारीलाई ल्यापटप

- Advertisement -spot_img

इन्द्र बुढाथोकी

सल्यान, १३ असार । कोरोना भाइरसको कारण लागू निषेधाज्ञा चलिरहँदा सल्यानका केही विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । लामो समयको बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि अनलाइन कक्षाको माध्यमबाट पठनपाठन गराई रहेका हुन् ।

अनलाइन कक्षामा शिक्षक शिक्षिकाले घरबाटै विद्यार्थीहरूलाई पढ्ने सामग्री दिने र गृहकार्य गर्न लगाउने गरेको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । प्राविधिक धारतर्फ र कक्षा ११ र १२ का विद्यार्थीहरूमा निरन्तर अध्ययन गर्ने बानीको विकास र शैक्षिक सत्र अघि बढाउन अनलाइन कक्षा सञ्चालन गरिरहेको उनको भनाई छ । उनले भने ‘शैक्षिक सत्रलाई समेत मध्यनजर गरेर निषेधाज्ञामा पनि अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’ अन्य कक्षाहरूको भने अहिले भर्ना अभियान चलिरहेको उनले बताए ।

इभेन्ट परियोजना दोस्रोद्वारा ३२ थान ल्यापटप

यस्तै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गरी गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका शिक्षक र कर्मचारीलाई एक÷एकवटाका दरले ३२ वटा ल्यापटप वितरण गरिएको छ । इभेन्ट परियोजना दोस्रोसँगको समन्वयमा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई शुक्रबार ल्यापटप प्रदान गरिएको नेपालीले बताए ।

प्राविधिक धार र कक्षा ११, १२ का विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न प्रदान गरिएका ल्यापटप निकै प्रभावकारी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश विकले बताए । कोभिड–१९ का कारण विद्यार्थीहरू विद्यालयमा प्रत्यक्ष उपस्थित भएर पढ्न सक्ने वातावरण नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्न ल्यापटप र प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको विकको भनाई छ ।

प्राविधक धारतर्फ र कक्षा ११ र १२ का विद्यार्थीहरूमा निरन्तर अध्ययन गर्ने बानीको विकास र शैक्षिक सत्र अघि बढाउन अनलाइन कक्षा सञ्चालन गरिरहेको उनको भनाई छ । उनले भने ‘शैक्षिक सत्रलाई समेत मध्यनजर गरेर निषेधाज्ञामा पनि अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’ अन्य कक्षाहरूको भने अहिले भर्ना अभियान चलिरहेको उनले बताए ।
यस्तै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गरी गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका शिक्षक र कर्मचारीलाई एक÷एकवटाका दरले ३२ वटा ल्यापटप वितरण गरिएको छ । इभेन्ट परियोजना दोस्रोसँगको समन्वयमा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई ल्यापटप प्रदान गरिएको नेपालीले बताए ।

प्राविधिक धार र कक्षा ११, १२ का विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षाा सञ्चालन गर्न प्रदान गरिएका ल्यापटप निकै प्रभावकारी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश विकले बताए । कोभिड–१९ का कारण विद्यार्थीहरू विद्यालयमा प्रत्यक्ष उपस्थित भएन पढ्न सक्ने वातावरण नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्न ल्यापटप र प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको विकको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here