दाङ, १२ असार .
दाङमा एक महिलालाई खोलाले बगाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ हापुर सिउपुरकी अन्दाजी ५०/५२ वर्षको महिला पत्रेखोलामा बगेर वेपत्ता भएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख गणेश गिरीले जानकारी दिए ।
जितपुरबाट घर फर्कने क्रममा पत्रेखोलालेमा दिउँसो करिब साढे दुई बजेतिर वेपत्ता भएको उनले बताए । वेपत्ता महिलाको खोजीकार्य जारी रहेपनि अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।