Saturday, March 15, 2025
Homeफिचरमानसिक रोगमुक्त समाज निर्माणमा समुदाय जुट्नुपर्छ

मानसिक रोगमुक्त समाज निर्माणमा समुदाय जुट्नुपर्छ

- Advertisement -spot_img

समयमै मानसिक समस्या मानिसका लागि ठूलो समस्या हुन सक्छ । अप्रत्यासित तथा अस्वभाविक रूपमा कुनै पनि चिज गुमाउनु पर्दा, आफूले चाहेको नपाउँदा, डरत्रास र भयले पनि मानिसमा चिन्ता (सुर्ता) बढ्ने गर्दछ । चिन्तै चिन्ताले उहाँलाई कमजोर बनाई सकेको छ भन्ने शब्द हाम्रो लागि नयाँ पनि होइन ।

विभिन्न प्रकोपका कारण धनजन गुमाउँदा पनि यी शब्द सुन्ने गर्दछौ । तर यसबाट ती ब्यक्ति, परिवार र समुदायलाई मानसिक रूपमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा बेलैमा ध्यान दिन नसकेमा कुनैपनि अप्रिय घटना भएको कयौँ उदाहरणहरू छन् ।

कोरोना भाईरसबाट मानिसहरूको संक्रमित हुने र मृत्यु हुनेको संख्यामा बृद्धि हुँदै जाँदा त्यसलाई न्यूनीकरण गर्न मनोपरामर्श समूह गठन गरिएको हो । भाईरस संक्रमणपूर्व, संक्रमणको अवस्था, संक्रमणपछि पनि भय र त्रासका कारण मानसिक समस्या बढदै गएका छन् ।

गत वर्षदेखि फैलिएको कोरोना भाईरस संक्रमणको महामारीका कारण महत्वपूर्ण केही कुरा सिकाइ भएको छ । नेपालीले भोग्दै आएका विपद, संक्रमण रोग, भूकम्प, आगलागी, बाढी पहिरो, डुबान, चट्याङ, हुरिबतास लगायत कयौँ अप्ठ्यारो अवस्थासँग सामना गर्नुपरिरहेको छ ।

विपद र महामारीको सामना गर्न राष्ट्रियस्तर तथा जिल्ला तहमा संयन्त्र बनाएको छ । ती परिचालन हुने गरेका छन् । समुदायका केही निश्चित संयन्त्रको परिचालन गर्ने परम्परा छ । विपद, महामारीलाई सामना गर्ने, रोकथाम, नियन्त्रण, उपचार र बच्नलाई पर्याप्त नहुने कोभिड–१९ भाईरस संक्रमणको महामारीले सिकाएको छ ।

हरेक क्षण तयारी अवस्थामा राज्यका संयन्त्र

महामारीलाई पराजित गर्न एक्लै गर्न सकिदैन भन्ने नै सिकाइ भएको हो । सरकारका संयन्त्रहरू रातदिन खटिएकै हुन्छन् । जिम्मेवारी पाएका ती संयन्त्र मार्फत खटेका हरेकलाई सम्मान गर्न कन्जुस्याई गर्नुहँुदैन् । तर समुदायलाई पनि परिचालन गर्न सकियो भने संकटलाई परास्त गर्न निकै सहज हुने सिकाइ भएको हो । यो भन्दै गर्दा समुदायलाई परिचालन गर्ने नौलो भन्ने होइन । समुदायलाई परिचालन गर्दा केही ब्यवस्थित र प्रणालीगत गर्नुपर्ने हुन्छ ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या पहिलोभन्दा दोस्रो लहरमा बढी देखियो । अझै तेस्रो लहरको संकेत देखिन थालेको छ । कोरोना मात्र होईन अझै कयौं विपदको सामना गर्नुपर्ने हुन्छ । त्यसका लागि राज्यका संयन्त्रलाई कुनैपनि बेला परिचालन गर्न सक्ने गरि चुस्तदुरूस्त रूपमा तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।

सिकाइका केही अंश

सिकाइका केही अंश मात्र विस्तार गर्न मन लागेको छ । कोरोना भाईरस संक्रमणभन्दा त्यसको भय र त्रासका कारण मानिसक स्वास्थ्यमा झनै जटिल समस्या आउने भएकाले मनोवल उच्च राख्न मनोपरामर्श समूहले तुलसीपुरमा मनो शिक्षा, मनोपरामर्श र मनोविमर्श सञ्चालन गरेको छ ।

तुलसीपुर उपमहानगरले गत बैशाखमा मनोपरार्श समूह गठन गरेको थियो । मनोपरामर्श समूह गठन गरियो तर परिचालन कसरी गर्ने अन्यौलताका बीच तालिम प्राप्त सामाजिक मनोविममर्शकर्ताको खोजी गर्ने, मनोपरामर्श समूहमा आबद्धता गराउने र अन्य पक्षसँग परामर्श लिने, छलफल, भेटघाट र अन्तरक्रिया गरिए । तालिम प्राप्त मनोविमशर्मकर्ताहरूलाई परिचालन गर्ने काम पनि भईनै रहे । स्थानीय सरकारले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्न हामीलाई अवसर र चुनौती पनि थियो ।

कोरोना भाईरस संक्रमणको भय र त्रासलाई रोकथाम, नियन्त्रण र उपचारका लागि मनोपरामर्श समूहको समीक्षा बैठक प्रत्येक दिन बेलुकी बस्ने निरन्तरता दिईनै रह्यौ । तालिम प्राप्त मनोविमर्शकर्तासँग प्रत्येक हप्ताको शुक्रबार बसेर साप्ताहिक योजना बनाउने काम गरिए । अन्यसँग भने निरन्तरता नै दिईयो ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, समुदायका विभिन्न पक्षसँग पटक–पटक भौतिक तथा भर्चुअल अन्तरक्रिया कार्यक्रमहरू भईनै रहे । ती परामर्श, छलफल, अन्तरक्रिया र सुझावबाट टोल विकास संस्था, आमा समूह, स्वास्थ्य स्वयम्सेविकालगायतका सञ्जाल (नेटवर्क) बनाएका संघसंस्थाका प्रतिनिधिहरूलाई मनोपरामर्शको आधारभूत ज्ञान उपलब्ध गराउन सकियो भने मात्र पनि मनोसमस्या मुक्त समाज निर्माण हुनसक्ने विश्लेषण गरिएको छ ।

मनोपरामर्श सेवा समयमै पाउनुपर्छ

कोरोना भाईरस संक्रमणको भय तथा त्रास, विपद, हिंसाबाट पीडित ब्यक्ति, परिवार र समुदायलाई मनोपरामर्श सेवा आवश्यक पर्छ । यदि समयमै दिन नसके पीडित ब्यक्तिले कुनैपनि अप्रिय निर्णय लिन सक्छ । अप्रिय निर्णय नलिए पनि मानसिक रूपमा रोग हुनसक्छ र उसको जीवन बर्बाद हुनसक्छ ।

कोरोना भाईरसबाट मानिसहरूको संक्रमित हुने र मृत्यु हुनेको संख्यामा बृद्धि हुँदै जाँदा त्यसलाई न्यूनीकरण गर्न मनोपरामर्श समूह गठन गरिएको हो । भाईरस संक्रमणपूर्व, संक्रमणको अवस्था, संक्रमणपछि पनि भय र त्रासका कारण मानसिक समस्या बढदै गएका छन् ।

मनोपरामर्श समूहले के ग¥यो

मनोपरामर्श समूहमा आवद्ध भईरहदा पनि संक्रमितहरूलाई आत्तिनु हुँदैन, सबै ठिक भईहाल्छ भन्ने फोनमार्फत वा प्रत्यक्ष भेटघाट भनि दिएमात्र पनि केही राहतको महसुस भएको विश्लेषण गरिएको छ । त्यस किसिमको मनो शिक्षा वा मनोपरामर्श समूहको आवश्यकता महसुस गरी तुलसीपुर उपमहानगर–पालिले आह्वान गरेको सर्वदलीय सर्वपक्षीय भेलाबाट मनोपरामर्श समूह गठन गर्ने सुझाव प्राप्त भएको थियो ।

मनोपरामर्श समूह गठन

मनोपरामर्श समूह गठन गरी सेवा प्रदान गर्न नगरप्रमुख घनश्याम पाण्डेले २०७८ बैशाख २९ गतेको सर्वपक्षीय बैठकबाट आग्रह गर्नुभयो । सुशील बस्नेतजीको नेतृत्वमा एउटा टिम बनाई अगाडी बढ्न आग्रह गर्दछु भन्ने नगर प्रमुख पाण्डेको आग्रह अनुरूप सात सदस्यीय मनोपरामर्श समूह गठन गरियो । तत्काल त्यसको कार्यविधिसमेत बनायौँ । कार्यविधिले तीनवटा संरचना निर्माण गर्ने र सोही अनुसार मनोपरामर्श सेवालाई स्वयम्सेवी रूपमा सेवा प्रदान गर्ने बनायो ।

मनोपरामर्श सेवा वडा वडा र टोल–टोलबाट सेवा दिने उद्देश्यले वडा अध्यक्ष, सदस्य, वडा कार्यालयका सचिव र कर्मचारीलाई त्यहाँको अवस्थाको जानकारको रूपमा विज्ञ, स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीलाई त्यहाँका नागरिकहरूको स्वास्थ्यसम्बन्धी जानकारी राख्ने भएकाले विज्ञको रूपमा उक्त कार्यविधिमा परिभाषित गरिएको छ । सबैभन्दा महत्वपूर्ण भूमिका खेल्न भन्ने जनशक्ति मनोविमर्शकर्ता नै हो । सामान्यत मनोविमर्शकर्ता बन्नका लागि ६ महिना र ५१० घण्टा तालिम लिएको हुनुपर्ने हुन्छ ।

तुलसीपुर उपमहानगरपालिका यो जनशक्तिको कुनै पनि अध्यावधिक गरिएको थिएन । मनोपरामर्श समूहका लागि भने यो नै सबैभन्दा महत्वपूर्ण जनशक्तिको खाँचो थियो । एक महिनाको अवधिमा सातजना तालिमप्राप्त मनोविमर्शकर्ता र एकजना यससम्बन्धी जानकार स्वास्थ्यकर्मी गरी आठजनालाई अध्यावधिक गर्न सफल भयौँ ।

कोभिड महामारीका बखत तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एकजना स्वास्थ्यकर्मी तर तालिमप्राप्त मनोविमर्शकर्ता र अर्का स्वास्थ्यकर्मी तर तालिमप्राप्त नगरेको भएपनि मनोपरामर्श दिन सक्षम जनशक्तिलाई परिचालन गरेको अवस्था थियो । तर अहिले आठजनाको संख्या यो जनशक्तिलाई तुलसीपुर उपमहानगरपालिकाले परिचलान गर्न सफल भएको छ ।

सूचना तथा प्रविधि परिचालन

विपद, महामारी वा अन्य कुनैपनि अवस्थामा सूचना तथा प्रविधिको भूमिका उच्च हुने भएकाले सूचना तथा प्रविधिका मनोपरामर्श समूहले अधिक सहयोग लिने कार्यविधिमा ब्यवस्था गरिएको छ । सकारात्मक सामग्रीलाई प्राथमिकता दिने गरी मिडिया परिचालनको कार्य पनि गरिदै आएको छ ।

मिडियाले पूर्णरूप्मा सहयोग गदै आए । जसले गर्दा अनलाईन, रेडियो, टिभी, फेसबुकमा कोरोनालाई पराजित गर्न सकिन्छ भन्ने सन्दर्भका सकारात्मक सामग्रीका प्रकाशन तथा प्रशारण गरिदै आएका छन् । अन्तरवार्ता, कोरोनालाई पराजित गरेका ब्यक्तिका अनुभव, लेख, रचना, कवितालाई प्रस्तुत गरिने गरिएको छ ।

सहयोगी समूहको पहिचान र परिचालन

मनोपरामर्श समूहमा सहयोगी समूहले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संस्थागत संघसंस्थाले आफू मातहतका संरचनालाई परिचालन गर्ने कामलाई प्रभावकारी बनाए । ती संघसंस्थालाई समावेश बनाउनुपर्ने दायीत्व र सक्रिय बनाउनुपर्ने थियो । मनोपरामर्श समूहमा आवद्ध भएदेखि ती संघसंस्थाहरूले टोलसम्म विस्तार रहेका आ–आफ्ना नेटवर्कलाई परिचालन गरे र कुन ब्यक्तिको अवस्था कस्तो छ र के आवश्यक छ भन्ने कार्य गरे । यसले पनि कोरोनाबाट ज्यान नै गई हाल्छ कि भन्ने मनोसमस्यालाई पराजित गर्न सकेका कयौँ उदाहरण रहेका छन् ।

कोरोना संक्रमणको भय र त्रासकै अवस्थामा फोनमार्फत जेष्ठ नागरिकले टोलसम्म विस्तार गरेको समितिमार्फत आफ्ना जेष्ठ नागरिक सदस्यहरूको अवस्थाको बारेमा प्रत्येक दिन जानकारी लिने, नेपाल शिक्षक महासंघले शिक्षक र परिवारको अवस्था, सामुदायीक वन महासंघले सबै उपभोक्ताको अवस्था, अपाङ्गता भएका ब्यक्तिहरूको अवस्था आफ्नो सञ्जालमार्फत, थारू समुदायमा महटवा÷गुरूवामार्फत अवस्थाको विश्लेषण गर्ने गरिएको छ । मनोपरामर्श समूहमार्फत ग्रीन फाउन्डेसन, नमुना युवा संसद, संवाद समूह, मानवअधिकार तथा शान्ति समाज, मुस्लिम, पाष्टरजस्ता धर्म गुरूहरूले पनि आ–आफ्नो क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

नगरस्तरीय यी समूहमा जेष्ठ नागरिक

नगरस्तरमा जम्मा जेष्ठ नागरिकको संख्या १८०९ जना, १९ वटै वडामा वडास्तरीय जेष्ठ नागरिक समिति परिचलान, अपाङ्गता–जम्मा संख्या १५५७ जना १९ वडामा परिचालन, स्वास्थ्य स्वयम्सेविका २१८ जनाले परामर्श, समन्वय र उच्चमनोबल राख्न सुझाव दिदै आएका छन् ।

नेपाल शिक्षक महासंघ

नगरमा कुल शिक्षक ८०० जना, ५७० जना शिक्षक र २३० जना बालविकासका छन् । परिचालन भएका २२२ जना छन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारको समन्वयका लागि खटिएका छन् ।

मुस्लिम

६०० जना मुस्लिमको संख्या छ । तीनवटा मस्जिद तुलसीपुरमा छन् भने मौलाना ६ जना छन् । मौलानामार्फत कोभिडबाट बच्ने उपाय र अवस्था बुझ्ने काम भईरहेको छ ।

क्रिस्चियन (पाष्टर)

तुलसीपुर नगरस्तरमा ४० वटा मण्डली छन् पाष्टर र सहयोगी गरी ८० जनाबाट २२०० जनाको अवस्थाका बारेमा जानकारी लिने काम भईरहेको छ ।

महटवा/गुरूवा

गुरूवाको संख्या नगरस्तरमा ४९ जना छन् भने महटवा १५० जनाको संख्या रहेको छ । थारू समुदायमा गुरूवा र महटवालाई परिचालन गरिएको छ ।

वन उपभोक्ता महासंघ

नगरस्तरीय महासंघ ३६ सदस्यीय छ । आठवटा वन उपभोक्ता रहेका र तिनीहरूको अवस्थाका बारेमा परिचालन गरिएको छ ।

सहकारी संस्था

नगरस्तरमा १६३ वटा सहकारी छन् । १७९३ जना सदस्य आवद्ध छन् । सिद्धेश्वरी महिला सहकारी संस्थामा १२६५ जना रहेका र ती सदस्यलाई १७ जनाले कोरोना रोकथाम, नियन्त्रण र उपचारको परामर्श दिईरहेका छन् । पशुपति सहकारी संस्थमा ६५० जना सदस्यलाई २७ जनाबाट परिचालन गरिएको छ ।

दलित समुदाय

२८ जनामा कोभिड भएको मध्ये ७ जनाको मृत्यु बाँकी १२ जना निको भएका छन् । दलित महिलाहरूबाट कोभिड रोकथाम, नियन्त्रण र उपचारको बारेमा परामर्श गरिरहेका छन् ।

नमुना युवा संसद

कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि परिचालन गरिएको छ ।

आहा नेपाल–ग्रीन फाउन्डेसन

दशजना युवाहरू कोभिड प्रतिकार्यमा परिचालन भएका छन् । अवस्थाको विश्लेषण, तथ्यांक संकलन र आवश्यक प्रतिकार्यको काम गरिरहेको छ ।

तुलसीपुर नगर जेसीज

कोरोना संक्रमणको आशंका भएका ब्यक्तिले पिसिआर टेष्ट गर्नुपर्छ भन्ने अभियान सञ्चालन गर्दै आएको छ ।

ओरेक नेपाल

दुईजना सामाजिक मनोविमर्शकता परिचालन गरी सहयोग पु¥याउँदै आएको छ । साथै ति सामाजिक विमर्शकर्ताले कोभिड संक्रमित, पोष्ट कोभिड ब्यक्ति र समुदायलाई मनोशिक्षा र परामर्श दिदै आएका छन् ।

बह्माकुमारी ईश्वरीय

विश्वविद्यालय २८० जना ब्यक्ति जो यस विश्वविद्यालयमा आवद्ध भएका छन् उनीहरूलाई सकारात्मक सोंचको विकासका विषयमा मनोशिक्षा प्रदान गरिएको छ ।

मानवअधिकार तथा शान्ति समाज

१५ सदस्यीय कार्यसमिति रहेको शान्ति समाजले ८० बढी सदस्यहरूको अवस्थाको बारेमा जानकारी लिने र कोरोना रोकथाम, नियन्त्रण र उपचारमा उच्च मनोबल राख्न मनोशिक्षा प्रदान गर्दै आएको छ ।

तरकारी ब्यवसायी

४५ जना ब्यवसायी छन् । समितिले कोभिडविरूद्धको अवस्थाका बारे परामर्श दिदै आएको छ ।

अटो ब्यवसायी

१५० जना ब्यवसायी छन् । ब्यवसायीहरूको अवस्थाको जानकारी लिने र उच्च मनोवल राख्न परामर्श दिईने कार्य भईरहेको छ ।

रिक्सा ब्यवसायी

४० जना रिक्सा ब्यवसायी छन् ।

बसमा आवद्ध यातायात मजदुर

५०० जना संख्या छन् । समिति मार्फत मनोपरामर्श दिने काम भईरहेको छ ।

स्वयम्सेवी मनले सेवा

कोरोना महामारीको भय र त्रासका कारण मानसिक रूपमा विक्षिप्त भएका ब्यक्ति, परिवार र समुदायको मनोवल उच्च राख्ने र मन र शरीरलाई छुट्टिन नदिन मनोपरामर्श समूहमा सबैले स्वयम्सेवी मनले सक्रियरूपमा सेवा गर्न लागि राख्यौं । ४१ वर्ष अध्यायपन गराउनुभएका झण्डै ७८ बर्षिय जेष्ठ नागरिक खुमानन्द अधिकारी, दलित समुदायका निर्मल नेपाली, महिलाको क्षेत्रमा आवद्ध शुष्मा गिरी, सामाजिक क्षेत्रमा क्रियाशील टोपबहादुर महतरा र पत्रकार गोपाल शर्मा भट्टराईले यो कार्यमा सक्रिय रूपमा लागि दिनुभयो ।

दक्ष जनशक्ति संगठित र नीतिमा समेटिनु उपलब्धि

सातजना सामाजिक मनोविमर्शकर्ता (तालिम प्राप्त) र एकजना स्वास्थ्यकर्मी यससम्बन्धी जानकार गरी आठजना दक्ष जनशक्तिलाई संगठित भएका छन् । उनीहरूको नाम, सम्पर्क नम्बर समेत टोल बस्तीसम्म पु¥याएको छ । यी दक्ष जनशक्तिलाई उपमहानगपालिकाले कुनै पनि बेला सहयोग लिन सक्ने अवस्थामा मनोपरामर्श समूहले गर्न सक्यो त्यो नै एउटा सुखद् पक्ष हो ।

तालिम प्राप्त मनोविमर्शकर्ता एवं स्वास्थ्यकर्मी सिन्धु हमाल र यज्ञ केसी, सामाजिक मनोविमर्शकर्ताहरू कल्पना चौधरी, नरबहादुर चौधरी, निर्मला चौधरी, शान्ति चौधरी, जया पाण्डे र सावित्रा ढकालको क्षमता र दक्षताले पनि मनोपरामर्श समूहलाई उर्जा दिदै आएको छ ।

अब यो जनशक्ति मात्र होईन खेर गई रहेको उर्जाशील यस्तै जनशक्तिको खोजी गरी तुलसीपुर उपमहानगरपालिकामा मात्र होईन दाङ सबै पालिकाले उपयोग गर्नुपर्छ । तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, स्वास्थ्य शाखालगायत तुलसीपुर उपमहानगरपालिका परिवारले मनोपरामर्श समूहको औचित्य र आवश्यकतालाई नजिकबाट बुझन् सफल भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १४७ र विनियोजन बजेट वक्तब्यको बुँदा नम्बर १७ मा मनोसंकट सहयोग केन्द्रलगायतका लागि १० लाख रूपैयाँ बजेट ब्यवस्था गरेको छ । नीति तथा कार्यक्रममा डाक्टर (चिकित्सक) सहितको मनोपरामर्श सेवा सञ्चालन गर्ने गरी बजेटसमेत समावेश गरिएको छ । अब भने कार्यान्वयनको पर्खाइमा आम नागरिक छन् ।

(संयोजकः तुलसीपुर नगरस्तरीय मनोपरामर्श समूह, अधिकारकर्मी, वरिष्ठ सहकजकर्ता एवं पत्रकार)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here