Sunday, June 15, 2025
Homebreaking-newsचिटिक्क बौद्ध गुम्बा

चिटिक्क बौद्ध गुम्बा

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १२ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा रहेको बौद्धहरूको धार्मिक स्थल केही वर्ष पहिले अतिक्रमणमा थियो । अतिक्रमणबाट रोक्न र आफ्नो धार्मिक स्थल जोगाई राख्न स्थानीय मगर सुमदायले त्यसको संरक्षण र जगेर्नाका लागि धेरै मेहनत त्यतिबेला गरेका थिए ।

सशस्त्र युद्धको व्यवस्थापन हुँदै शान्ति प्रक्रिया सुरू भएपछि गुम्बा क्षेत्र अतिक्रमणको चपेटामा थियो । त्यो बेला संरक्षणमा समेत समस्या परेको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरूवामा रहेको बौद्ध गुम्बा स्थानीय सरकारको पहलका अहिले चिटिक्क भएको छ ।

स्थानीय सरकारको लगानीले मर्मत सम्भार र नयाँ पूर्वाधार निर्माण गरिएपछि अहिले गुम्बा हेर्न लायक बनेको छ । बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको धार्मिकस्थल अहिले पर्यटकीय स्थलको रूपमा समेत विकास गर्ने उद्देश्यले त्यहि अनुसारका संरचना र पूर्वाधार निर्माण गरिएको गुम्बा व्यवस्थापन तथा निर्माण समितिका अध्यक्ष राजबहादुर घर्तीले बताए ।

तत्कालिन अवस्थामा स्थानीय गणेश बुढाले झण्डै दुई कठ्ठा जग्गा गुम्बालाई दान दिएका दिए । त्यहि जमिनमा अहिले सरक्षण र पूर्वाधार विकास गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा उक्त क्षेत्र केही व्यक्तिहरूले बिक्री वितरण र कब्जा गर्न थालेपछि नेपाल मगर संघ तुलसीपुर नगर कमिटीले त्यसको संरक्षण गरेको थियो ।

तत्कालिन अवस्थामा नगर समितिका अध्यक्ष टिका घर्तीको अगुवाईमा गुम्बाका लागि जग्गा संरक्षण भएको थियो । अहिले भने तुलसीपुर उपमहानगरपालिका, प्रदेश सरकार र जनप्रतिनिधिहरूको सहयोगमा त्यस क्षेत्र अहिले लोभलाग्दो बनेको छ । मगर सुमदायको धार्मिक स्थलको रूपमा विकास मात्रै भएको छैन । धार्मिक पर्यटनको रूपमा पनि विकास भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको चालु वर्षको बजेटबाट १५ लाख रूपैयाँ गुम्बाको पूर्वाधार मर्मत र निर्माणका लागि लगानी गरिएको छ । यसले गुम्बाको हल, आँगन, लगायतको मर्मत र निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष घर्तीले बताए । भने प्रदेश सरकारको सहयोगमा आधुनिक गुम्बा पनि निर्माण गरिएको छ ।

धार्मिक क्षेत्र संरक्षणका लागि गुम्बामा नगरले योजना हालेको त्यसबाट राम्रो काम भएको तुलसीपुर उपमहानगरपालिका योजना तथा बजेट महाशाखा प्रमुख अनन्त कुमार गौतमले जानकारी दिए । उनले थोरै रकममा राम्रो काम भएको अनुगमनका क्रममा पाइएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here