Thursday, February 13, 2025
Homeफिचरकांग्रेसलाई लाग्यो महाधिवेशन

कांग्रेसलाई लाग्यो महाधिवेशन

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौँ, १२ असार । नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशन भर्दौ १६ मा गर्दैछ । महाधिवेशन मिति नजिकिएसँगै नेपाली कांग्रेसमा नेतृत्वका आकांक्षीहरू देखिन थालेका छन् । सभापतिको उम्मेदवार दाबी गर्ने नेताहरूको संख्या दैनिक बढ्न थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा आफूलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरूले सभापतिमा दाबी गर्दै घोषणा गरेका छन् ।

महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरू सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरूङ, अर्जुननरसिंह केसी र डा.रामशरण महतले सभापतिको दाबेदारका रूपमा प्रस्तुत गरेपछि आकांक्षी बढ्दै गएको देखिएको हो ।

डा.महत र केसीले शुक्रबारको छलफल अघि नै कांग्रेसका केन्द्रीय सदस्यहरूलाई फोन गरे म सभापतिको दाबेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनीहरूले शुक्रबारको छलफलमा पनि सोही कुरा दोहो¥याउँदै दाबेदारी रहने घोषणा गरे ।

महत र केसीले भने विकल्प सहितको दाबेदारी रहनेसमेत बताए । उनीहरूले सहमतिका आधारमा उम्मेदवार तय भए आफूहरू मान्ने र सहयोगसमेत गर्न तयार रहेको बताए । ‘तर एकभन्दा बढी उम्मेदवार भएको खण्डमा प्रतिस्पर्धामा उत्रिनुको विकल्प छैन’ महत र केसीको तर्क थियो । त्यस्तै केसीले सहमतिमा ६० वर्षभन्दा कम उमेरका नेताहरूबाट सभापति खोज्न सकिने विकल्पसमेत अघि सारेका छन् ।

‘६० वर्षमाथिका नेता सल्लाहकारमा बस्न सकिन्न, त्योभन्दा कम उमेरकालाई नेतृत्व प्रदान गर्न हामी सहमत हुन पनि सकिन्छ’ केसीको प्रस्ताव थियो । तर नेता पौडेलले भने आफू सभापतिको स्वभाविक उम्मेदवार रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘म स्वभाविक सभापतिको उम्मेदवार हो मेरो दाबी रहन्छ नै’ पौडेलले भने, ‘सबै साथीहरूले सभापति बन्ने आकांक्षा राख्नुभएको छ यस्तोमा हाम्रो समूहबाट सहमति गरेर जानुपर्छ ।’ बैठकमा विमलेन्द्र निधि, शशांक र प्रकाशमान सिंह बीचको छलफलको समेत चर्चा भएको थियो । त्यसबारे शशांकले ब्रिफिङ गर्दै सहयोग आदानप्रदानको कुरा गरेका थिए । युवा नेताहरू गगन थापा र गुरूराज घिमिरेले एकल उम्मेदवार बनाए साथ दिने, तर त्योभन्दा बढी उम्मेदवार भएकोले आफूहरूले छनोट गर्ने धारणा राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here