Friday, April 19, 2024
Homeसमाजमहामारीका सारथि

महामारीका सारथि

- Advertisement -spot_img

संकटको बीचमा उदाएका पात्रहरूको गतिविधिहरूले आमनागरिकलाई सामाजिक कार्यमा प्रेरित मात्र गरेन । मृत्युको जोखिममा रहेकाहरूलाई समेत पुनर्जीवनको आभाष दिलाएको छन् । धेरैका लागि भगवान भने यी पात्रहरू भने कसैका लागि जीवन ।

उमा भण्डारी
दाङ, ६ असार ।

दोस्रो भेरियन्टको कोरोना महामारीले जिल्लामा भयावहरूप लियो । कोरोना भाइरसको संक्रमणको दर नियन्त्रणभन्दा बाहिर गएपछि आफू र आफ्ना आफन्तको ज्यान बचाउन सामाजिक सञ्जाल, फोन, एसएमएस लगायतका विभिन्न माध्यामबाट हार–गुहार हुन थाले । सामान्य उपचार र सहयोगसमेत नपाउने अवस्था देखियो । जिल्लाकै अवस्था दयनीय बन्न थाले पनि केही सामाजिक संघसंस्थाको अगुवाई गरिरहेका व्यक्तिहरूले आफूलाई जोखिममा राखेर मानवीय सेवा र उद्धारमा खटिए ।

संकटको बीचमा उदाएका पात्रहरूको गतिविधिहरूले आमनागरिकलाई सामाजिक कार्यमा प्रेरित मात्र गरेन । मृत्युको जोखिममा रहेकाहरूलाई समेत पुनर्जीवनको आभाष दिलाएको छन् । धेरैका लागि भगवान भने यी पात्रहरू भने कसैका लागि जीवन ।

सरकारलाई कोरोना नियन्त्रण गर्न हम्मे–हम्मे परेपछि उनीहरूले व्यक्तिगत रूपमा अभियान सुरू गरे । जसले गर्दा स्थानीय सरकारलाई कोरोना नियन्त्रण गर्न सहज मात्र भएन । सयौँ कोरोना बिरामीहरूको ज्यानसमेत बच्यो । संकटको बीचमा उदाएका पात्रहरूको गतिविधिहरूले आमनागरिकलाई सामाजिक कार्यमा प्रेरित मात्र गरेन । मृत्युको जोखिममा रहेकाहरूलाई समेत पुनर्जीवनको आभाष दिलाएको छन् । धेरैका लागि भगवान भने यी पात्रहरू भने कसैका लागि जीवन ।


‘मास्क म्यान’ बिरू

पहिलो चरणको कोरोना महामारीकै बीचमा देखिएका एक अनौठा पात्र हुन् घोराहीका बिर बहादुर खत्री (बिरू) । दोस्रो चरणसम्म आइपुग्दा उनको परिचय फेरिएको छ । बिरूबाट उनी ‘माक्स म्यान’ बनेका छन् । यतिबेला मास्क म्यानको रूपमा उनी परिचित छन् ।

गतवर्ष महामारी सुरू भएपछि फ्रन्टलाईनमा बसेर काम गर्नेहरूका लागि समेत मास्क पाउन गाह्रो भएपछि आफूले मास्क वितरणको अभियान सुरू गरेको बिरूको भनाई छ । ‘सुन किनेर पाइने तर मास्क किनेर नपाईने अवस्था सिर्जना भयो’ उनले भने ‘अनि मास्क वितरणको अभियान सुरू गरे । मलाई कुनै लोभ र स्वार्थले अभियान सुरू गरेको होईन, आत्मसम्मानका लागि यो काम गरेको हुँ यसैमा खुशी छु ।’

कतै कार्यक्रम भयो भने मास्क र सेनिटाइजर बोकेर उनी त्यहाँ पुग्छन् र सबैलाई मास्क लगाउन पठाउँछन् । यस्तै बाटोमा हिड्ने बटुवा, बिरामी, व्यापारी, श्रमिक, कृषकहरूलाई मात्र नभई विभिन्न संघसंस्थामा काम गर्ने, सरकारी कार्यालयमा काम गर्ने, स्थानीय तहमा रहेर काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिहरूलाई मास्क र सेनिटाइजर निःशुल्क वितरण गर्दैमा उनको दिनचर्या बित्ने गरेको छ ।

दिनहुँ विभिन्न स्थानमा मास्क र सेनिटाइजर लिएर पुग्ने मास्क म्यानले आफ्नो अभियानले यसरी निरन्तरता पाउँछ भन्ने नसोचेको उनले बताए । महामारीमा सुरू हुने अभियान केही समयका लागि मात्रै हुन्छन्’ उनले भने– ‘तर यसरी अभियान चल्छ भनेर मैले सोचेको पनि थिएन ।’

व्यक्तिगत खर्चबाट यसरी विभिन्न ठाउँमा पुगेर मास्क वितरण गर्दै आएका विरबहादुरको कर्मलाई देखेर कतिपयले आफ्नो ईच्छाले सहयोगसमेत गर्ने गरेका छन् । ‘सहयोगका लागि कुनैपनि अपिल गरेको छैन, जे–जति गरेको छु आफ्नै व्यक्तिगत खर्च हो’ उनले भने– ‘कहिलेकाँही साथीभाइबाट सहयोग आयो भने लिन्छु, तर मेरो अभियानमा सहयोग गर्नुस् भनेर मैले कसैलाई भन्ने गरेको छैन ।’


पदम पोख्रेल ‘जेठुकान्छु’

बैशाख १६/१७ गते कोरोनाको दोस्रो लहरले जिल्लामा विकराल परिस्थिति सिर्जना भयो । कोरोना नियन्त्रण र रोकथाममा सरकारको फितलो व्यवस्थापन र आवश्यक पूर्वाधार शुन्य हुँदा आफूलाई जोखिममा राखेर बिरामीहरूको ज्यान बचाउने एक पात्र पदम पोख्रेल ‘जेठुकान्छु’ पनि हुन् । अक्सिजन र बेडको अभावमा कोरोनाका बिरामीहरू छट्पटिरहेको अवस्थामा उनले पहिलो चरणमा १० वटा अक्सिजन सिलिण्डर खोजेर उपमहानगरलाई बुझाए ।

कोरोना भाइरसको महामारीका कारण निषेधाज्ञामा भयावह अवस्था आएपछि क्रसर, उद्योगहरूबाट अक्सिजन सिलिण्डर संकलन गर्दै, रिफिलिङ गर्दै बेड नभएर घरमा बसेका बिरामीहरूलाई घर–घरमा र अस्पतालका बिरामीहरूलाई अस्पतालमा पुगेर अक्सिजनसहितको सिलिण्डर उपलब्ध गराउने काम गरेको उनले बताए ।

‘संकटको समयमा कसैको ज्यान बचाउन सक्नु नै सबैभन्दा ठूलो कर्म हो भन्ने सोंचले म अक्सिजन व्यवस्थापनमा जुटे’ उनले भने– ‘अरू व्यक्ति बाहिर निस्कन डराउने अवस्थमा म एक्लै भएपनि दिनरात नभनेर घरपरिवारलाई समेत जोखिममा राखेर अक्सिजनको व्यवस्थापनमा लागेपछि उपमहानगरले पनि यसको व्यवस्थापनको जिम्मा मलाई दियो र सबैको सहयोग मिल्यो ।’

जिल्लामा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन नभएपछि उनले ‘अक्सिजन सिलिण्डरका लागि ‘एकहजार’ अभियानसमेत सुरू गरे । उक्त अभियानका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूबाट आएको रकमले अक्सिजन सिलिण्डर खरिद गरी बिरामीहरूका लागि उपलब्ध गराएको उनले बताए । उक्त अभियानमार्फत ३ सयभन्दा बढी कोरोनाका बिरामीहरूको ज्यान बचाउन सफल भएको उनी बताउँछन् । अक्सिजनको अभाव हुन छाडेपछि अहिले उनी कोरोनाका कारण अति प्रभावित परीवारहरूलाई निःशुल्क खाद्यान्न वितरण गर्ने काममा लागेको सुनाए ।


चुलो बाल्दै लहरे

कोहि नहुनेको भगवान हुन्छ भने जस्तै अप्ठेरो परेको व्यक्तिलाई सहयोग गर्ने र साथ दिने मान्छेहरू भेटिने गर्दछन् । दुःख र पीडामा साथ दिने मान्छे भेटिएपछि त्यो भगवान सरह नै हुन्छ । अहिले कोरोना कहर र निषेधाज्ञाले धेरै श्रमिकहरू भोकभोकै हुने अवस्था छ । दैनिक काम गरेर हातमुख जोड्ने परिवार भोकै बस्नुपर्ने अवस्था देखिएको छ ।

यस्ता व्यक्तिहरूको लागि अहिले नेपाल विद्यार्थी संघका नेता अरूण लहरेको समूह भगवान बनेर उदाइरहेको छ । उनीहरूले भोका पेटहरूलाई आहारा दिने अभियानमा लागेका छन् । यो अभियानले धैरै श्रमिकहरूको जुलो बलेको छ । सरकार र नेताहरू सत्ता र कुर्सीका लागि दौडधुप गर्दा श्रमिकहरू भने भोकभोकै शोक र रोगले मर्ने अवस्था आयो लहरले भन्छन्, त्यहि टार्न अहिले तुलसीपुर क्षेत्रका श्रमिकको घरमा चुलो बाल्ने अभियानमा छौँ ।

सत्तामा बस्नेहरू कुर्सी बचाउन लागेका छन्, हामी युवाहरू श्रमिकको ज्यान बचाउन लागेका छौँ । ‘एकातिर भोक र अर्काेतिर रोगको लडाईमा कसैको जीवन भन्दा अमूल्य यो दुनियाँमा अरू केही छैन’ उनले भने, ‘त्यहि सोचेर जीवन बचाउन खाद्यान्न सहयोग गरिरहेका छौँ ।’


जनकप्रसाद खराल

कोरोना महामारीले स्वास्थ्य संकट निम्त्याएको बेला अक्सिजनको अभाव र बिरामीको उपचारमा सहजता ल्याउन तर्फबाट सक्दो सहयोग र भूमिका निर्वाह गर्नेमध्ये एक हुन तुलसीपुरका जनकप्रसाद खराल । तुलसीपुरका प्रतिष्ठत व्यवसायी खरालले कोरोना संक्रमितहरूलाई अक्सिजनको अभाव हुने र समस्या पर्न थालेपछि आफै फिल्डमा खटिएर अक्सिजन सहयोग गर्ने अभियान थाले ।

प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ तुलसीपुरमा अध्यक्षसमेत रहेका खराल आफैले गाडी चलाएर ठाउँ–ठाउँमा अक्सिजन सिलिण्डर पु¥याउने काम गरे । अस्पतालमा बेड र अक्सिजन नपाइने भएपछि उनी आफैँले अक्सिजन सिलिण्डर संकलन गर्ने, रिफिलिङ गर्ने र अक्सिजन सहितको सिलिण्डर अस्पतालहरूलाई उपलब्ध गराउने, अत्यावश्यक परेका बिरामीहरूलाई उपलव्ध गराउने गरे ।

देश नै स्वास्थ्य संकटमा परेको बेला सामाजिक उत्तरदायीत्व बहन गर्नुपर्छ भन्ने सोंचले आफैले गाडी चलाएर कहिले अस्पताल, कहिले बिरामीहरूको घर त कहिले विभिन्न उद्योगहरूमा पुग्ने गरेको उनले बताए । ‘अस्पतालहरूमा बेड र अक्सिजन नपाईने भएपछि कता–कता खाली सिलिण्डर छन्, ति सिलिण्डरहरू संकलन गरेर रिफिलिङ गर्ने र ढुवानी गर्ने काम ग¥यौँ’ उनले भने– ‘सोचेजति गर्न त सकेनौँ, तर जती काम ग¥यौँ त्यसमा आत्मसन्तुष्टी मिलेको छ ।’ यो अभियानमा धेरै व्यवसायीक र अन्य साथीहरूको पनि सहयोग रहेको छ ।

अक्सिजनको व्यवस्थापनमा जुटेका खराललाई प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको पनि साथ मिल्यो । संघसँगै मिलेर उनले अक्सिजन अभाव भएका ठाउँहरूमा अक्सिजन पु¥याउन थाले । संकलन गरिएका सिलिण्डरहरू भरेर निःशुल्क रूपमा स्थानीय सरकार, अस्पतालहरूलाई उपलब्ध गराए । अभियानमार्फत एकसय ५० भन्दा बढीलाई अक्सिजनसहितको सिलिण्डर उपलब्ध गराइएको उनले बताए । जसमध्ये गम्भीर अवस्थाका कोरोनाका बिरामीहरू र दीर्घ रोगीहरूलाई पहिलो प्राथमिकतामा राखेर अक्सिजन सिलिण्डर उपलब्ध गराएको उनले बताए ।

‘अस्पतालमा र होम आइसोलेसनमा बसेकाहरूमा देखिएको समस्या र अभावलाई देखेर संघले सक्दो सहयोग गरेको हो’ उनले भने– ‘अक्सिजनको बढी आवश्यक अस्पताल र होम आइसोलेसनमा देखिएको थियो । अभावलाई थोरै भए पनि सहज होस् भनेर हामीले पनि सहयोग गरेका हौँँ’ अध्यक्ष खरालले भने, ‘योसँगै अहिले हामी कोरोना महामारीले अति प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिरहका छौँ । महामारीमा उत्पन्न हुने समस्याहरू हेर्ने र समाधान गर्ने निकाय जिम्मेवार नहुँदा संघले अभियान नै सुरू गरेर सिलिण्डर व्यवस्थापन, खाद्यान्न वितरण लगायतका कामहरू गर्दै आएको छ ।


देवीराम कुसारी (काठ म्यान)

कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या ह्वात्तै बढेपछि जिल्लामा शव व्यवस्थापनमा ठूलो चुनौती देखियो । एकातिर बिरामी बचाउने प्रयास अर्कोतिर शव व्यवस्थापनको समस्या देखिएपछि देवीराम कुसारीले शवको व्यवस्थापन गर्ने जिम्मा लिए । बिरामीहरूको मृत्युदर बढ्दै गएपछि शव रातको समयमा जलाईने शवहरूलाई आगो लगाएर मात्र छोड्ने, जलाउँदा जलाउँदै पानी परेमा उक्त शव वेवारिसे बन्ने गरेपछि उनी शव व्यवस्थापनमा लागे ।

‘शवमा आगो लगाएर मात्र हिड्दा जनावरहरूले अवशेषका रूपमा रहेका अंगहरू बोकेर हिड्दा गाउँमा त्रास फैलियो, घाटमा शवहरू जलाउन नदिने भन्दै स्थानीयहरू आक्रोसित बने, सडक बन्द गर्नुपर्छ भनेर पनि लागे’ उनले भने– ‘संकटको समयमा सकेको सहयोग गर्नुपर्छ भन्ने सोचेर म यो अभियानमा लागे ।’

‘घर अगाडी आर्यघाट छ, रातिमा झ्यालबाट हेर्दा शव जलिरहेको देख्छु, मन भक्कानिएर आउँछ’ उनले भने– ‘उता ज्यान बचाउने चित्कार यता शवहरू वेवारिसे देख्दा भोक र निद्रा कसरी लाग्थ्यो र ? त्यसैले बचाउन कोसिस गर्दा पनि मृत्युवरण भएकाहरूको शव व्यवस्थापन गर्ने सोंच लिएर म यतातर्फ लागे ।’

अस्पतालमा, घरमा, अन्य जिल्लामा मृत्यु भएका संक्रमितहरूको शव जलाउन सितलपुर घाटमा आउने र काठको व्यवस्थापन कसैले नगर्ने हुँदा शव जलाउन काठ नै मुख्य समस्या भएपछि आफूले यो अभियान सुरू गरेको उनले बताए । काठ प्रशस्त भयो भने शव जलाउन कुनै समस्या छैन, मुख्य समस्या काठ नै हो भन्ने कुरा रातभर मनमा खेलिरह्यो, अनि त्यसैबेला नै ‘काठ बैंक’ खोल्नुपर्छ भन्ने सोच आयो’ उनले भने–‘रातभरको सोचलाई अर्कोदिन बिहानै फेसबुकमा लेखे, त्यसपछि सबैको साथ र सहयोग मिल्यो अहिले शव व्यवस्थापनमा कुनै समस्या छैन ।’

कुसारीका अनुसार काठ बैंकका लागि संकलन भएको करिब ४ लाख ४५ हजार रूपैयाँमध्ये ४ लाख काठ खरिदमा खर्च गरिएको छ भने बाँकी रकम ढुवानीमा खर्च गरिएको छ । अहिले ४० टिप काठहरू स्टकमा समेत राखिएको छ । काठ बैंक अभियान प्रभावकारी हुँदै गएपछि अहिले काठबैँक तथा घाट व्यवस्थापन समितिसमेत गठन गरिएको छ । जसको संयोजक कुसारी नै छन् ।

समितिले वेवारिसे शव, दुर्घटनामा परी मृत्यु भएका, अति विपन्न परिवारका कोही मृत्यु भएमा निःशुल्क शव जलाउने उनले बताए । अहिलेसम्म शव जलाएको शुल्क नलिएको तर कसैले आफ्नो इच्छाले दिएमा उक्त रकम लिने गरेको उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here