- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsप्रत्येक वर्ष दोहोरिन्छ विपद्

प्रत्येक वर्ष दोहोरिन्छ विपद्

- Advertisement -spot_img

बाढी पहिरो नियमित रूपमा चलिरहने प्राकृतिक प्रक्रिया नै हो । यो मौसमी प्राकृतिक विपद् नयाँ होइन । हरेक वर्ष दोहोरिन्छ । तर त्यसले गर्ने क्षति चाहिँ पूर्णत मानवीय कारणहरू नै जिम्मेवार हुन्छन् । विश्वमा कयौं मुलुकहरूमा नदी, खोला, तालहरूका तटीय क्षेत्रहरू र भिरालो ठाउँहरूमा पनि सुन्दर र आकर्षक मानव बस्तीहरू रहेका छन् । ती मुलुकहरूमा बिरलै मात्र प्राकृतिक प्रकोप भएको पाइन्छ । तर नेपालमा प्रत्येक बर्ष प्राकृतिक प्रकोपले कयौँ प्राकृतिक एवं मानवीय र आर्थिक क्षति व्यहोर्दै आउनुपरेको छ ।

नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपदको चपेटामा पर्ने गर्छ । विपद भन्नाले सामान्यतः बाढी पहिरो नै बुझ्ने गरिन्छ । मनसुनको शुरूवातमै देशका विभिन्न स्थानमा बाढी पहिरोका अकल्पनीय घटना भएका छन् । सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्कीलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढी पहिरोले कयौँ मानिसहरूको मृत्यु भएको छ । नेपालमा बाढी र पहिरो जनधनको क्षति गर्ने प्रमुख प्राकृतिक प्रकोप हुन् । बाढी पहिरो जानुको मुख्य कारण भनेको भूगर्भको कमजोर संरचना, भौगोलिक बनावट र जलवायुको प्रकृतिसँग सम्बन्धित छ ।

पहाडको उचाईदेखि झर्ने झरना, खोला र ठूला नदीले पानीको वेगलाई अत्यन्तै बढाइदिएको हुन्छ । खोला जति बेगवान हुन्छ, यसले गर्न सक्ने क्षतिको सम्भावना बढ्दै जान्छ । किनकी यसको कटान गर्ने अनि गेग्रयान लिएर बग्ने क्षमता बढी हुन्छ । नेपालमा वर्षभरि पर्ने झन्डै ८० प्रतिशत पानी मनसुनको ३ देखि ४ महिनाभित्र पर्ने गर्छ । यसले गर्दा पानीको प्रत्यक्ष प्रवाहले जमिनलाई थिलथिलो बनाइदिन्छ, जमिनभित्र धेरै पानी छिर्न जान्छ ।

नदीको बगर क्षेत्र मिचेर संरचना बनाइएका छन् । यसरी खोलाको सम्पत्तिको रूपमा रहेको बगर मिच्नु विपद् निम्त्याउनु हो । अर्कोतर्फ लेदो तथा गेग्रानसहितको बाढी आउनुमा फेरिँदै गएको भौगोलिक संरचना, पानीको मात्रा तथा विकास वा अरू प्रयोजनका नाममा भइरहेका अनियन्त्रियत गतिविधि कारक पनि हो । भूकम्पले धाँजा पारेको पहाडको संरचना कमजोर हुन्छ । पानी परेपछि पहिरो वा माटो तथा ढुंगाहरू खस्ने जोखिम बढी हुन्छ ।

जुन कारणले जमिनभित्र पानीको अतिरिक्त चाप उत्पन्न हुन्छ । त्यसले जमिनलाई धकेल्न थाल्छ, जमिन अति छिटो गल्न जान्छ र बाढी, पहिरोको जोखिम बढाइदिन्छ । यसमा जमिनमा रहेको अत्यन्तै कमजोर र टुक्रिएको चट्टान, कमजोर माटो, वनस्पति रहित नाङ्गा पहाड, भिरालो जमिन, भीरमा गरिने खेतीपाती, जथाभावी खनिएका सडक र अन्य भौतिक संरचना, खोलाको नजिकै तथा अति संवेदनशील भीरमा बसाइएका बस्ती र जीविकोपार्जनका लागि गरिने मानवीय क्रियाकलापले पहिरो र बाढीको जोखिम बढाउने गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष औषत ४ सयभन्दा धेरै मानिसले बाढी, पहिरोमा मात्रै परेर ज्यान गुमाउँदै आएका छन् ।

बाढी जस्तैः पहाडमा पहिरो आउनु प्राकृतिक र सामान्य कुरा हो । त्यो प्रक्रिया हिजो पनि चल्थ्यो, आज पनि चल्छ र भोलि पनि चलिनै रहनेछ । भौगर्भिक दृष्टिकोणले पहिरो जानु सामान्य कुरा हो । त्यो सानो वा ठूलो जुनसुकै पनि हुन सक्छ । प्रकृतिलाई हामीले हस्तक्षेप ग¥यौं, विथोल्यौं । त्यस्ता पहाडी क्षेत्रहरूमा संरचनाहरू बनाउँदा पहाडी क्षेत्रमा पहिरो जाने प्रक्रियालाई बढाउने काम हामीले गरिदियौं, त्यसको प्राकृतिक चक्रलाई हामीले खज्मज्याइदियौं । हामीले बनाउने सडक, घर लगायतका गतिविधिहरूले त्यस क्षेत्रका प्राकृतिक रूपमा रहेका पानीका बहाव र गतिविधिहरूमा परिवर्तन आउँछ, पानीका मार्गहरू परिवर्तन भएर जान्छ । त्यसले पहिरोलाई निम्त्याइदिन्छ । सडक, कुलो, घरहरू बनाउने कुराले त्यहाँको पानीको मार्ग परिवर्तन गरिदिन्छ । त्यसले नयाँ नयाँ पहिरोहरू सिर्जना गरिदिन्छ ।

पहाडको पहिरो र तल आउने पहिरोको ढुङ्गा, माटोको समिश्रणले बाढीमा लेदो थपिन आउँछ । बाढीले ल्याउने लेदोले बेसीमा रहेको खेतको उर्बरा बढाउने काम गरिरहेको हुन्छ । तर हिजोको नदी वरपरका खेतबारी र नदीको पानी निर्वाध स्वच्छन्द ढंगले बग्ने नदी र खोलाका किनारमा हामीले भौतिक संरचनाहरू बनाइदियौं । त्यसले खोला नदीको पानीको प्राकृतिक प्रवाहलाई छेकिदियो, अर्थात् रोकिदियो । बाढीको कुरा गर्दा ख्याल गर्नैपर्ने कुरा के हो भने प्रत्येक वर्ष बाढी एकै किसिमले वा उही खालको पनि आउँदैन । प्रत्येक ८–१० वर्ष वा २० वर्ष वा ५० वर्षमा ठूलो बाढीको रूपमा दोहोरिएर आउने चक्र चलिरहेको हुन्छ । त्यो चक्रमा आइपुग्दा ठूला–ठूला बाढी आउँछन् । त्यस्ता ठूला– ठूला बाढीहरू पहिला–पहिला पनि केही वर्षको अन्तरालमा आउने गर्दथियो । त्यो प्रकृतिले जमिन सम्याउने र मिलाउने प्रक्रिया अन्तर्गत समयचक्रमा निरन्तर चलिरहने प्रक्रिया नै हो ।

समयको अन्तरालमा भूस्वरूपमै पनि परिवर्तन ल्याउने गरी बाढी पहिरोहरू दोहोरिएर आउन सक्छ । यस हिसाबले हेर्दा अरू समयमा वर्षेनी निरन्तर आउने बाढी पहिरोहरू सामान्य नै हुन् । भन्नुको तात्पर्य के हो भने समयको अन्तरालमा भूस्वरूपमै पनि परिवर्तन ल्याउने गरी बाढी पहिरोहरू दोहोरिएर आउन सक्छ । त्यसरी सामान्य रूपमा आउने बाढी पहिरोहरू पछिल्लो समयमा चाहिँ बढी नै क्षति गर्न थालेको छ । किनभने पहिले बाढी पहिरो आउँदा खेत वा खुला जमीन बगर डुबाउँथ्यो, खासै धेरै फरक पर्दैनथ्यो, अहिलेको जस्तो जनधनको प्रत्यक्ष र ठूलो मात्रामा क्षति हुँदैनथ्यो ।

तर बढ्दो शहरीकरण र जनसंख्याको चापको कारण सस्तो जग्गा खोज्ने क्रममा हिजो बाढी बग्ने क्षेत्रमा जग्गा, जमिन किन्ने र भौतिक संरचनाहरू ठडिन थाले । त्यसमाथि थप, खोलाको पानी बग्ने प्राकृतिक वहाव क्षेत्रलाई समेत खुम्च्याउँदै खोलालाई साँघु¥याउने काम पनि भयो । परिणाम के भयो भने, प्राकृतिक अवस्थामा धेरै क्षति नगर्ने, सामान्य प्रकृतिको बाढीको स्वरूपमै परिवर्तन आएर त्यो थप विध्वंशक पनि बन्दै गयो ।

पानीको गुण नै के हो भने जति यसलाई साँघु¥याइन्छ, त्यति नै त्यसको वेग र शक्तिमा बृद्धि भएर जान्छ । त्यसले पानीको क्षति गर्ने क्षमता समेत बढाइदिन्छ । पानीको अर्को गुण के पनि हो भने, सामान्य पानीको तुलनामा माटो मिसिएको पानीको क्षति गर्ने गुण वा क्षमता बढोत्तरी भएर जान्छ । सामान्य पानीले दुईगुना मात्रै क्षति गर्दथियो भने त्यसमा निश्चित मात्रामा माटो मिसिने बित्तिकै त्यसको क्षति गर्ने क्षमतामा बढदै गएर त्यो चारगुना पुग्छ अथवा यो भन्दा पनि बढदै जान्छ ।

पछिल्ला समयमा सडकहरू प्रशस्त बनेका छन् । ती सडकहरूले पानीको स–साना तहमा छरिएर हुने पानीको प्राकृतिक वहावलाई एकत्रित गरिदिएको छ । हामीले बुझ्न पर्ने कुरा के हो भने छरिएको पानीलाई एक ठाउँमा ल्याउने काम जलाधारले प्राकृतिक रूपमा नै गरिरहेको हुन्छ । खोलामा आउने पानी पनि त्यही प्रक्रियाअन्तर्गत नै माथिबाट सोहोरिएर एक ठाउँमा आउने हो । प्राकृतिक रूपमा र क्रमिक रूपमा विस्तारै हुने त्यो प्रक्रियालाई सडक बनाउँदा ठाउँ–ठाउँमा ढल हालिदिएर भललाई केन्द्रित गरिएको कारण अब त्यो एकैचोटी सोहोरिएर छिटो नदीसम्म आइपुग्ने भएको छ ।

लगातारको वर्षाले खोलानालामा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च बनाउनु स्वभाविक हो । तर पछिल्ला केही वर्षयता बर्खामा आउने बाढीको स्वरूप केही फेरिएको देखिन्छ । माथिल्लो पहाड तथा हिमाली जिल्लाहरूसँगै तल्लो पहाडका क्षेत्रमा लेदो तथा गेग्रानसहितको बाढी आउने क्रम हरेक वर्ष बढदो क्रममा देखिने गरेको छ । भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदीका अनुसार पानी मात्रै भन्दा लेदो तथा गेग्रानसहित आउने बाढीले गर्ने क्षति बढी हुन्छ । पानीसँगै लेदो र गेग्रान मिसिएर आएको बाढीको गति तुलनात्मक रूममा बढी हुन्छ ।

यस्तै यस्तो बाढीले ओगट्ने क्षेत्र पनि फराकिलो हुने भएकाले क्षतिको जोखिम बढाउँछ । पानी मात्रै बग्दा खोलालाई चाहिने ठाउँभन्दा गेग्रानसहितको बाढी आउँदा बढी चाहिन्छ भने लेदो तथा गेग्रानले खोला पुर्ने वा तलको भाग ओगटने हुँदा पानीको सतह माथि आउँछ र ठूलो क्षेत्रमा फैलिन्छ । लेदोसहितको बाढी आउँदा खोला बांगिएको ठाउँबाट पनि सीधै बग्ने र बस्तीमा पस्ने तथा क्षति गर्ने सम्भावना बढी हुन्छ । लेदो तथा गेग्रानसहितको बाढी आउँदा खोलाको गति तथा घनत्व पनि बढी हुन्छ । अहिले मनाङ तथा सिन्धुपाल्चोकमा आएको बाढी तथा त्यसले गरेको क्षति धेरै हुनुको कारण पनि यही भएको हो ।

नदीको बगर क्षेत्र मिचेर संरचना बनाइएका छन् । यसरी खोलाको सम्पत्तिको रूपमा रहेको बगर मिच्नु विपद् निम्त्याउनु हो । अर्कोतर्फ लेदो तथा गेग्रानसहितको बाढी आउनुमा फेरिँदै गएको भौगोलिक संरचना, पानीको मात्रा तथा विकास वा अरू प्रयोजनका नाममा भइरहेका अनियन्त्रियत गतिविधि कारक पनि हो । भूकम्पले धाँजा पारेको पहाडको संरचना कमजोर हुन्छ । पानी परेपछि पहिरो वा माटो तथा ढुंगाहरू खस्ने जोखिम बढी हुन्छ । त्यसमाथि सडक अथवा अन्य संरचना बनाउने क्रममा खनिएका क्षेत्रहरूले पनि जोखिम बढाएका छन् । अहिले सिन्धुपाल्चोकमा लेदो तथा गेग्रानसहितको बाढी आउनुमा मुख्य कारक भूकम्प र मानवीय गतिविधि नै हुन् ।

सडक बनाउने क्रममा भिरालो काटदा निस्केको माटो तथा गेग्रानहरू त्यस्तै छोड्ने गरिएकाले बर्खायाममा पानीसँगै बगेर खोल्साहरू हुँदै तल्लो क्षेत्रमा ठूलो भेलबाढीका रूपमा जान्छ । पहिरोका रूपमा गएर सानो खोल्सा थुनिन्छ । पानीको चाप बढदै जाँदा ती सबै बढेर ठूलो भेलबाढीमा परिणत हुन्छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा लेदो तथा गेग्रानसहितको बाढी आउनुमा मानवीयसँगै पहिरोले थुनिएको नदी फुट्नु कारक रहे पनि उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा भने अर्को प्रमुख कारण छ जलवायु परिवर्तनको कारण पनि बनेको छ ।

उच्च पहाड तथा हिमाली क्षेत्रमा पनि अचेल मध्यपहाडमा जस्तै ठूलो पानी पर्न थालेको छ । यसले त्यहाँको कमजोर भौगोलिक संरचनालाई एकैटोली ठूलो मात्रामा बगाउँदा भेलबाढी गेग्रानसहित आउन थालेको छ । जमिनलाई हिउँले ढाक्ने र बिस्तारै हिउँ पग्लिदै जाँदा हुने भूस्खलन तुलनात्मक रूपमा सानो मात्राको हुने गर्छ । तर अहिले हिउँ कम पर्ने तथा हिउँले सोहोरेर ल्याएका गेग्रान तथा माटोहरूलाई बर्खामा पर्न थालेका ठूलो पानीले एकसाथ बगाउँदा लेदोयुक्त बाढी आउने गरेको छ ।

पहिरो गएर नदी थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा आउन सक्ने लेदो तथा गेग्रानसहितको बाढी भवितव्य भयो । त्यसका लागि सावधानी अपनाउने, पूर्वतयारी गर्ने तथा प्रतिकार्य योजना अनुसार तत्काल उद्धार तथा राहतको काम गर्नुको विकल्प छैन । तर मानवीय कारणले उत्पन्न हुने विपद्लाई भने कम गर्न वा रोक्न सकिन्छ । सडक बनाउँदा निस्कने माटो तथा गेग्रानको उचित व्यवस्थापन गर्ने तथा पानीको निकासका लागि कुलेसो वा नाली बनाउन पर्दछ ।

यस्तै भौगर्भिक अध्ययन अनुसार उपयुक्त हुने खालका संरचनाको निर्माण र विकासका काम पनि वैज्ञानिक अध्ययनबाट मात्रै गर्नुपर्ने हुन्छ । नदी आसपासका क्षेत्रहरूका बस्ती जोगाउनका लागि गेग्रानसहितको बाढी रोक्न सक्ने तटबन्ध निर्माण गर्नुपर्दछ ।

बाढी आउँदा समुदाय÷गाउँका बासिन्दा सुरक्षित स्थानमा आउन सक्ने हुनुपर्छ । यसका लागि ठाउँ–ठाउँमा यस्ता सुरक्षित स्थान निर्माण गरिनुपर्छ । जसमा खाद्यान्न, सफा पानी र बसोबासको पर्याप्त सुविधा होस् । अबका दिनमा यस्ता कार्य नगरिकन विपद्को बेला राहत पु¥यााउन सम्भव हुँदैन । पानीको प्रकृति उस्तै भए पनि हिउँदमा र वर्षामा परेको प्रभाव चाहिँ फरक पर्छ । बैशाखमा जमिन सोस्छ र क्षति कम हुन्छ तर आषाढ, साउनमा सतहमै पानी दौडिन्छ र क्षति बढी हुन्छ । जसले गर्दा अर्बौ रूपैयाँ खर्चेर बनाइएका पूर्वाधारको विनास मात्र होइन, जनधनको पनि क्षति हुन्छ ।

पछिल्ला वर्षहरूमा मानिसले खोलाको सम्पत्तिका रूपमा रहेको बगरलाई अतिक्रमण गर्नेक्रम बढ्दा पनि जोखिम र क्षति बढेको छ । खोलाको बहाव मार्ग बगर खोलाकै सम्पत्ति हो । ठूलो पानी परेपछि खोला बगर हुँदै बग्छ । तर हामीले धेरै ठाउँमा बगर राखेका छैनौँ । खोलाको भागलाई मात्रै छोडेर संरचना बनाएका छौँ । बगर क्षेत्रमा खेतीपाती गर्न सकिन्छ तर स्थायी संरचना भने बनाउन हुँदैन । नदीको बहाव मार्ग साँघुरो बनाउँदै जाँदा लेदो तथा गेग्रानसहितको बाढीले आँकलनभन्दा ठूलो क्षति गर्ने सम्भावना रहन्छ । सिन्धुपाल्चोक, मनाङ र लमजुङले आज जुन पीडा भोगिरहेको छ भोलि त्यो अरू जिल्लाले पनि भोग्नुपर्ने अवस्था न आउला भन्न सकिन्न ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here