- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजटिप्पर सञ्चालनमा रोक

टिप्पर सञ्चालनमा रोक

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ६ असार । मदन भण्डारी लोकमार्ग अन्तर्गतको घोराही–तापा सडकखण्डमा चुनढुंगा बोक्ने टिप्पर चलाउन नपाईने भन्दै स्थानीयहरूले टिप्पर सञ्चालनमा रोक लगाएका छन् । सडक र टिप्परको भार क्षमता अनुसार मात्रै टिप्परहरू चलाउनुपर्ने भन्दै स्थानीयहरूले सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्पर सञ्चालनमा रोक लगाएका हुन् ।

कालोपत्रे हुँदै गरेको सडकमा टिप्पर चलाउँदा सडक बिग्रने भन्दै स्थानीयहरूले टिप्पर सञ्चालनमा रोक लगाउनुको साथै कालोपत्रेको काम गुणस्तरीय हुनुपर्ने मागसमेत गरेका छन् । उक्त सडक कालोपत्रेको काम जलजला निर्माण कम्पनीले गर्दै आएको छ ।

बंगलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिका वडा नम्बर १ र ४ का स्थानीयहरूले सडक बलियो बनाउनुका साथै टिप्परहरूले पनि भार क्षमता अनुसार चुनढुंगा बोक्नुपर्ने माग गरेका छन् । स्थानीयहरूले शनिबार घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी र प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई भेट गरी विभिन्न सातबुँदे माग राखेका छन् ।

जस अनुसार सडक कालोपत्रे नहुँदासम्म टिप्पर चल्न नहुने, सडक बनेपछि टिप्परले भार क्षमताअनुसार ढुवानी गर्नुपर्ने, त्यसको ट्राफिकले नियमित जाँच गर्नुपर्ने, गति कम गर्नुपर्ने, रातको समयमा मात्रै ढुवानी गर्नुपर्ने, ६ चक्के टिप्पर मात्रै चलाउनुपर्ने र मावि हर्नोक र सवारीकोट विद्यालय क्षेत्रमा ब्रेकर राख्नुपर्ने मागसहितको पत्र नगर प्रमुख चौधरी र प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाएका हुन् ।

निर्माण कम्पनीको प्रमुख ईश्वर पुनले सडक निर्माण नसक्दै टिप्परहरू चलाउँदा आफू अप्ठेरोमा परेको बताएका छन् । सडक कालोपत्रे गर्दै आफू अघि बढेको पछि–पछि टिप्परले सडक बिगार्दै गएको बताएका छन् । निर्माण कम्पनीले जिल्ला प्रशासन र सडक डिभिजनलाई पत्र पठाई जानकारी समेत गराएको छ । टिप्पर सञ्चालन र सडकको विषयमा आगामी आइतबार जिल्ला प्रशासनले सरोकारवालालाई छलफलमा बोलाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here