- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसम्पादकीयतुलसीपुरको नीति

तुलसीपुरको नीति

- Advertisement -spot_img

सम्पादकीय
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विगतको आर्थिक वर्षभन्दा यस पटकको कार्यक्रममा पनि त्यति भिन्नता देखिदैन । अहिलेको कोभिड–१९को विषम परिस्थितिमा सार्वजनिक भएको नीति तथा कार्यक्रममा कर्मकान्डीभन्दा प्रभावकारीमुखीको अपेक्षा हुनु स्वभाविक रहन्छ ।

तर परिणाममुखीभन्दा पूर्ववत् अवस्थाकै जस्तो देखिएको गुनासो आउनुले यसलाई केही सुधार गरेर लैजान जरुरी छ । नयाँ नीतिलाई कम प्राथमिकता है बढाउन सक्नुपर्छ । जुन यतिबेला प्राथमिकतामा पर्नुपर्ने हो त्यो कम महत्वमा परेका छन् । ती विषयहरु कम प्राथमिकतामा मात्रै परेका छन् । स्वास्थ्य शिक्षालाई अहिलेको नीतिले फरक दृष्टिकोण लगाउनुपर्ने आवश्यक थियो । तर त्यो हुन नसक्नुले परम्परागत कार्यकै गति लिएको देखिन्छ । सम्भवत यो कार्यकालका जनप्रतिनितको यो अन्तिम नीति तथा कार्यक्रम हो । यो अवस्थामा राम्रा कार्यक्रमले स्थान पाउनु पथ्र्याे ।

संघ प्रदेश हुँदै अन्तिममा स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । जिल्लाको सबैभन्दा पहिले नीति तथा कार्यक्रम ल्याउने स्थानीय तह तुलसीपुर भएको छ । यस वर्ष । संघीय संरचनापछि स्थापना भएका स्थानीय तहहरु स्वायत्त सरकार रुपमा छन् । तीन प्रकारको सरकारअन्तर्गत सबै जनताको पहुँचमा रहेको स्थानीय सरकार हो । देशभरका स्थानीय सरकारहरु नीति तथा कार्यक्रम र बजेटको चटारोमा छन् । दाङमा रहेका स्थानीयतहहरु पनि यो चटारोमा देखिन्छन् ।

केहिले मात्रै अहिलेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । कोरोना महामारीको समयमा पनि सभाको आयोजना गरी नीति तथा कार्यक्रम ल्याएका केही स्थानीय तहहरुमध्ये तुलसीपुर उपमहानगरपालिका पनि एक हो । यसले आउँदो वर्षको लागि केही महत्वकांक्षी र केही लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तुलसीपुरका कार्यक्रम केही पूरा छन् भने केही कोभिड महामारीसँग जोडिएका छन् । केही कार्यक्रमहरु लोकप्रिय र जनतासँग जोडिएका पनि आएका छन् । स्थानीय सरकारले जनताको रोजाईमा कार्यक्रमहरु ल्याउनु राम्रो पक्ष हो ।

तर त्यो पक्षपातविहीन बनाइनु पर्छ । नयाँ कार्यक्रम आउन नसके पनि नगरले समेट्ने प्रयास गरेको छ । कोरोनाको विषम परिस्थितिमा नागरिकलाई एकातिर रोगबाट बचाउनुपर्ने छ, अर्कोतिर भोकबाट बचाउनुपर्ने जिम्मेवारी नगरमा छ । विगतको पाठ सिकेर यस वर्ष नीति तथा कार्यक्रम आउनुपथ्र्याे तर त्यो देखिएन । यही परिवेशमा आएको नीति कार्यक्रमले बजेटमा त्यो कुरा पक्कै पनि समेट्ने विश्वास गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here