- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsकोरोना नियन्त्रणदेखि भूमिहीनलाई लालपूर्जा

कोरोना नियन्त्रणदेखि भूमिहीनलाई लालपूर्जा

- Advertisement -spot_img

            तुलसीपुरको नीति तथा कार्यक्रम                          जीतसागर जी.एम.
तुलसीपुर, ५ असार । दाङको तुलसीपुर उपमहानगरपालिले शुक्रबार आर्थिक वर्ष २०७८/०७९का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख घनश्याम पाण्डले आठौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले आर्थिक वर्ष २०७८/०७९ मा नगरको बजेट स्वास्थ्यमा प्राथमिकतामा राखेर ल्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । नगरले आगामी आर्थिक वर्षमा अति विपन्न परिवारलाई तुलसीपुर भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार गर्ने र सबैलाई स्वास्थ्य बिमा गर्न प्रोत्साहन गर्ने योजना अघि सारेको छ । नगरप्रमुख पाण्डेले स्वास्थ्य बिमा गर्ने परिवारलाई राजस्वमा १० प्रतिशत छुट गर्ने बताए ।

नगरले आगामी आर्थिक वर्षमा अति विपन्न परिवारलाई तुलसीपुर भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार गर्ने र सबैलाई स्वास्थ्य बिमा गर्न प्रोत्साहन गर्ने योजना अघि सारेको छ ।

त्यसैगरी जेष्ठ नागरिक, सुत्केरी, बालबालिकालाई उपमहानगर–पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नगरले आगामी नीति तथा कार्यक्रममा समेटेको छ । नगरका सबै नागरिकलाई स्वास्थ्यको पहुँच सहज बनाउने र १५ शै्ययाको मेट्रो अस्पताललाई ५० शै्ययामा स्तरोन्नती गर्ने गरी योजना अघि सारिएको छ ।

नगरले गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको पहुँचमा भन्ने उद्देश्यका साथ नगरका १९ वटै वडामा स्वास्थ्य संस्था सञ्चालन गरेको बताउँदै नगरप्रमुख पाण्डेले आगामी वर्षमा नगर स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र र प्रयोगशाला विस्तारको योजना नीति तथा कार्यक्रममा प्रस्तुत गरे । उनले कोरोना महामारी रोकथाम नियन्त्रणमा प्रभावकारी योजना बनाउने, ५० वर्ष माथिका नागरिककालाई होम आइसोलेसनमै निःशुल्क कोभिड फ्लोअप गर्ने, नगरले आगामी आर्थिक वर्षमा चालुवर्षमा सञ्चालनमा रहेका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

नगरप्रमुख पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राप्ती आँखा अस्पतालसँगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया, स्मार्ट छोरी कार्यक्रम, कोभिड–१९ बाट प्रभावितलाई रोजगारी दिने कार्यक्रम श्रम बैंकलगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । त्यसैगरी मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, बाल मृत्युदर, कम गर्न सुत्केरी पोषण भत्तालाई निरन्तरता दिने नगरप्रमुख पाण्डेले बताए । त्यसैगरी नगरभित्र प्रसूति तथा जेष्ठ नागरिकको उपचार प्रक्रियामा एम्बुलेन्स सेवालाई निःशुल्क बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

तुलसीपुुरमा बसोबास गर्ने सकुम्बासी नगरिकलाई आगामी आर्थिक वर्षबाट लालपूर्जा वितरण गर्ने लक्ष्य राखिएको छ ।

नगरले आगामी वर्षको बजेटमा स्मार्ट छोरीको रकमलाई दोब्बरले बढाउने लक्ष्य राखेको छ । यस्तै नगरले स्वास्थ्य नागरिक भएमात्रै समृद्ध नगरको परिकल्पना गर्न सकिने भएकाले सूर्तिजन्य पदार्थमुक्त गाउँ बनाउने योजनालाई अघि सारेको छ । नगरप्रमुख पाण्डले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरमा स्वास्थ्यको नियमित जाँच गर्ने प्रक्रियालाई प्रोत्साहनका लागि नियमित स्वास्थ्य जाँच गर्ने ४० वर्षमाथिका नागरिकलाई स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य रहेको बताए ।

त्यसैगरी आगामी वर्षदेखि ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, वर्थिङ सेन्टरलाई निरन्तरता दिन योजना उपमहानगरको रहेको नगरप्रमुख पाण्डेले बताए । त्यसैगरी एचआइभी एड्सलगायत मृगौला, मुटु, उच्च रक्तचाप, दीर्घरोग र कुनै पनि सामाजिक सुरक्षा भत्ता वा सुविधा नपाएकालाई मासिक पोषणभत्ता उपलब्ध गराइने भएको छ ।

नगरप्रमुख पाण्डले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तुलसीपुुरमा बसोबास गर्ने सकुम्बासी नगरिकलाई आगामी आर्थिक वर्षबाट लालपूर्जा वितरण गर्ने लक्ष्य राखिएको छ । सरकारी जग्गा अतिक्रमण गर्ने गैरसुकुम्बासीलाई पहिचान गरी सरकारी जग्गा खाली गर्ने र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने नगरप्रमुख पाण्डेले बताए ।

त्यसैगरी नगरका सिंचाई नपुगेका ठाउँमा सिंचाई पु¥याउने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ । पानीको संरक्षण गरी सिंचाईका लागि पानी भण्डारण गरिने लक्ष्य राखिएको छ । यसैगरी सुरक्षित नगरका लागि नक्सा पास नगरी घर बनाउने कार्यलाई निरूत्साहित गर्ने नगरले योजना अघि सारेको छ । आगामी वर्षदेखि नक्सा पास नगरी घर बनाउनेलाई नगरबाट प्रदान गरिने सेवा सुविधा रोक्का गरिने नगरप्रमुख पाण्डेले बताए ।

यसैगरी नगरप्रमुख पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ । शैक्षिक प्रमाणपत्र र परियोजना धितो राखेर व्यवसाय गर्ने युवा समूहको पहिचान गरी प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । उपमहानगरले खेल क्षेत्रमा आकर्षण बढाउनका लागि एक विद्यालय एक खेल प्रशिक्षकको योजना अघि सारेको छ ।

तुलसीपुर उपमहानगर–पालिकाले आगामी वर्ष पनि सडक गुरूयोजनालाई निरन्तरता दिने भएको छ । पातुखोला, ग्वारखोला रिभर रूटलाई आधार बनाएर शहरी सडक करिडोर बनाउने उपमहानगरले नीति अघि सारेको छ । त्यसैगरी सवारी दुर्घटना न्यूनीकरणका लागि व्यवस्थित पार्किङ, सडकमा जथाभावी निर्माण सामग्री थुप्रार्ने कार्यलाई निरूत्साहित गर्न सचेतनाको काम गर्ने भएको छ । उपमहानगरले एक सामुदायिक वन, एक वन उद्यान र एक पोखरको योजनालाई अघि सारेको छ । त्यसैगरी काठ, दाउरा, फर्निचर, जडिबुटीजन्य वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here