- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsलापरबाहीले बगरमा बस्ती

लापरबाहीले बगरमा बस्ती

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ असार । एक सातादेखिको अविरल वर्षाका कारण धेरै क्षेत्रहरू डुबानमा परेका छन् । बस्ती र बजारसमेत डुबान भएका छन् भने, कति बगेका छन् । सडक, पुलपुलेसा बगेका छन् । यस्तै बाढी र पहिरोको उच्च जोखिममा दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको पातुखोला क्षेत्र पनि उच्च जोखिममा रहेको छ । राष्ट्रियस्तरमा नै सबैभन्दा बढी जोखिम क्षेत्रको रूपमा मानिएको तुलसीपुरको पातुखोला क्षेत्र अहिले पनि उच्च जोखिममा रहेको छ ।

लामो समयदेखि खोलाकै रूपमा बगेको उक्त क्षेत्र नेपालमा चलेको सशस्त्र द्वन्द्वको समयदेखि मानवीय अतिक्रमणमा परेको थियो । झण्डै १८÷२० वर्षको अवधिमा खोला कुलोमा परिणत भएको छ । भने बगर बजार र बस्तीमा परिणत भएको छ । पातुखोला क्षेत्रको पाँच किलोमिटर क्षेत्र अहिले पूर्णरूपमा बस्तीको रूपमा विकास भएपछि यो क्षेत्र उच्च जोखिममा देखिएको हो ।

मानवीय लापरवाहीका कारण अहिले यो क्षेत्र उच्च जोखिममा रहेको र यसका लागि सरकारले सुरक्षाको उपायहरू खोजिरहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालले बताए । उनले जनप्रतिनिधिविहीन अवस्थामा भूमाफियाको सक्रियताको कारण बगर बस्तीमा रूपान्तरण भएको र खोला नहरका परिणत भएको बताए । जनप्रतिनिधि नभएको बीचको १५ वर्षमा पातुखोलामा चलखेल भएको बताए । संरक्षणका लागि तीनै तहका सरकार जुटेको भए पनि त्यो पर्याप्त नभएको बताए ।

बाढीले विभिन्न समयमा पु¥याएको क्षति र भविष्यमा गर्न सक्ने क्षतिको सम्भावित क्षेत्र हेर्दा यो क्षेत्र उच्च जोखिमपूर्ण स्थान रहेको स्थानीयहरूको भनाई छ । प्रकृतिलाई मानवीय चुनौति दिइरहेकोले कालान्तरमा खोलाले आफ्नो लय समात्ने ठूलो जोखिम रहने स्थानीय नारायण भण्डारीले बताए । उनले विपतका नाममा त्यहि क्षेत्रमा राज्यले पछि राहतको नाममा थुप्रै पैसा समेत खर्च गर्नुपर्ने अवस्था रहने भन्दै त्यो अवस्था आउन नदिन समयमा नै सोच्नुपर्ने बताए । यसमा अहिले नै सहज भएका सबै सुरक्षित हुने अवस्था आउने तर्क गरे ।

पातुखोलाको सिरान सल्यानको कपुरकोट क्षेत्र हो । त्यो क्षेत्र केही वर्षदेखि दल–दल क्षेत्र बनेकाले पहिरोको समेत उच्च जोखिम रहेको र पहिरो खस्न वित्तिकै त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्णरूपमा प्रभावित रहने अवस्था छ । पातुखोला क्षेत्रमा मात्रै हजारौ घरहरू निर्माण गरिएका छन् भने, दशौँ हजार मानिसकहरू बसोबास गर्दै आएका छन् ।
स्थानीय पदम केसीले पातुखोला संरक्षणका लागि तटबन्धहरू निर्माण भइरहेको भएपनि जोखिम भने कम नभएको बताए ।

उनले बगरको बस्ती र बजार भएकाले जुनकुनै समयमा पनि समस्या आउन सक्ने उल्लेख गरे । तुलसीपुर उपमहानगरन–गरपालिका–१ राम्रीको फेदिबाट उरहरीको सुकौरा बबईसम्ममा पर्ने पातुखोलाको रेड क्षेत्र पहिचान र खोजी गर्न यस अघि नै लागिएको थियो । यसका साथै भविष्यमा गर्ने क्षतिको विषयमा अध्ययन अनुसन्धानसमेत गरिराखिएको छ । समयमा सजक नभए पातुखोलले ठूलो क्षति व्यहोर्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here