- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरविदेशबाट फर्किएर बाख्रापालन

विदेशबाट फर्किएर बाख्रापालन

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, ५ असार । काम र दामको खोजीमा नेपालका धेरै युवाहरू विदेशमा भौतारिरहेका छन् । विदेशमा गएर धेरै दाम कमाउने र घरपरिवारलाई सुख सयलमा पाल्ने सोच राखेर धेरै युवाहरू विदेश पलायन हुन्छन् । तर विदेशमा पाएको दुःखलाई सम्झिएर विदेशिएका युवाहरू स्वदेश फर्किएर स्वरोजगारमा लागेका छन् ।

सल्यान पहाडी जिल्ला भएकाले बाख्रापालनको निकै सम्भावनायुक्त जिल्ला हो । चरी चरणको लागि प्रशस्त जंगल भएकाले पनि प्रत्येकको घरमा कम्तिमा ४ देखि ५ सम्म बाख्रापालन हुँदै आइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

गाउँका साथीहरू धमाधाम वैदेशिक रोजगारमा जान थालेपछि कालिमाटी गाउँपालिका–४ नयाँवनका टंक बहादुर केसीले पनि ऋण खोजेर विदेश गए । आकर्षक तलबको प्रलोभनमा उनी तीन वर्ष मलेसिया बसे । उनलाई सोचे अनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन ।

गाउँमा फर्किएर केही गरौं भन्ने सपना देख्न थाले । उनले परम्परागत रूपमा गर्दै आएको बाख्रापालनलाई व्यवसायिक बनाउने सोच बनाए । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच जागेपछि स्वदेशमै फर्किएर व्यावसायिक बाख्रापालन गर्दै आइरहेको केसीले बताए ।

१५ लाख लगानी गरेर एक सय बाख्रापालन गर्दै आइरहेको केसीको भनाई छ । बाख्रापालनबाट वार्षिक चार लाख आम्दानी हुँदै आइरहेको उनले बताए । उनले भने ‘विदेश हुने आम्दानीभन्दा बढी बाख्रापालनबाट गर्दै आइरहेको छु । विदेशमा गर्ने ड्युटी र परिश्रमबाट स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायिक बाख्रापालनमा जुटेको छु ।’

विदेशमा जति परिश्रम गर्ने हो भने स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिने कालिमाटीकै शशिकला वलीको अनुभव छ । व्यवसायिक बाख्रापालनबाट भएको आम्दानीबाट जग्गासमेत जोडेको उनको भनाई छ । उनले भनिन् ‘बाख्रापालनबाट भएको आम्दानीले सम्पूर्ण घर खर्च कटाएर बचेको पैसाले दुई लाखको जग्गा समेत किनिसकेकी छु ।’

सल्यान पहाडी जिल्ला भएकाले बाख्रापालनको निकै सम्भावनायुक्त जिल्ला हो । चरी चरणको लागि प्रशस्त जंगल भएकाले पनि प्रत्येकको घरमा कम्तिमा ४ देखि ५ सम्म बाख्रापालन हुँदै आइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

जिल्लामा १ सय ४१ भन्दा बढी किसानले फर्म नै दर्ता गरी व्यवसायिक बाख्रापालन गर्दै आइरहेका उनको भनाई छ । उनले भने ‘जिल्लामा वार्षिक ८० हजार खसी बोका बिक्री हुने जसमा ४० हजारभन्दा बढी खसी बोका जिल्ला बाहिर निकासी हुने गरेको छ । बाँकी ४० हजार जिल्लाभित्रै खपत हुने गरेको छ । बाख्रा बिक्रीबाट मात्रै जिल्लामा वार्षिक १६ करोड रूपैयाँ भित्रिने गरेको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here