- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsवनमन्त्रीको पासपोर्ट अष्ट्रेलियामा भेटियो

वनमन्त्रीको पासपोर्ट अष्ट्रेलियामा भेटियो

- Advertisement -spot_img

काठमाडौ,४ असार । केपी शर्मा ओलीको मन्त्रिपरिषदमा वन तथा मन्त्री बनेका नारदमुनि रानाको नाममा रहेको रातो पासपोर्ट अष्ट्रेलियाको सिड्नीमा फेला परेको छ । तर, उनको पासपोर्टमा यात्रा गरेका व्यक्ति भने अझैसम्म गुमनाम छन् । ती व्यक्ति १० वर्षअघि अष्ट्रेलिया पुगेपछि गुमनाम बनेका हुन्

विशेष स्रोतले रातोपाटीलाई उपलब्ध गराएको मन्त्री रानाको १० वर्षअघिको कूटनीतिक पासपोर्टमा जन्म मिति १९७२ जुलाई १७ लेखिएको छ । पासपोर्ट नम्बर ०२१२४४ रहेको छ । तत्कालीन सभासद रानाको उक्त कूटनीतिक राहदानीको म्याद एक वर्षे रहेको थियो ।  सन् २०१० सेप्टेम्बर १९ मा बनेको पासपोर्टको म्याद २०११ सेप्टेम्बर १८ मा सकिएको थियो ।

तत्कालीन सभासद रानाले निकालेको कूटनीतिक राहदानीमा म्याग्दीका निर्मल बानियाँ आफ्नो फोटो टाँसेर अष्ट्रेलिया पसेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । अष्ट्रेलिया पुगेपछि रानाका नामको पासपोर्ट फ्यालेर बानियाँ शरणार्थीका रुपमा बसेको र अहिले पीआरसमेत पाइसकेको स्रोतको दाबी छ ।रातोपाटिबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here