- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsबर्षेनी ‘मौसमी च्यालेन्ज’

बर्षेनी ‘मौसमी च्यालेन्ज’

- Advertisement -spot_img

सपना बोहरा
घोराही, ४ असार । घोराही–तुलसीपुर–लमही सडकखण्डमा पर्ने खोलाहरूको मौसमी च्यालेन्जका कारण आवागमनमा समस्या परेको छ । यो समस्या यो वर्ष मात्रै हैन, हरेक वर्ष यो समय समस्यामा पर्ने गरेको छ । त्यो विगतमा पनि थियो यो वर्ष पनि नागरिकलाई सास्ती सुरू भयो ।

घोराही–लमही सडकखण्ड पर्ने सिस्नेखोलाले बर्षेनी उत्तिकै सास्ती दिन्छ । सिस्ने खोलाको पुल निर्माणको क्रममा छ, पूरा भएको छैन । तर लगातार झरीको कारणले खोलाको बहाव बढेपछि यात्रुहरूले सास्ती पाए । डाइभर्सन नहुँदा केहीको सवारी साधन त खोलामा नै फसेको थियो । पुलमा डाइभर्सन नहुँदा यात्रुहरू लक्ष्मीपुरको बाटो हँुदै यात्रा गर्न बाध्य भएका छन् ।

पत्रेखोलाले आफ्नो बाटो तय गरेदेखि नै सास्ती भोग्दै आएका होलान तर त्यहाँको पुल निर्माणको प्रकृया शुरू भएको पनि झण्डै एकदशक पुग्नै आँटेको छ । तर अहिलेसम्म पुलको निर्माण कार्य सम्पन्न भएको छैन् । वर्षेनी नागरिकले सास्ती भोग्नुपरेको छ ।

यो वर्ष पनि केही दिनदेखि अविरल वर्षाका कारण पत्रेखोलामा पानीको बहाव बढेपछि घोराही–तुलसीपुर आवतजावत गर्ने क्रममा नागरिकहरूले सास्ती पाएका छन् । खोलाको कारण घण्टौसम्म सडक अवरूद्ध भएपछि दाङका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन प्रमुख लगायतको टोली बिहीबार पुगेको थियो ।

‘पत्रेखोलाको पुल निर्माणको क्रममा छ, मौसमले गर्दा समस्या भएको हो’ पुलको अनुगमन गर्न गएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने ‘बर्षा रोकिएसँगै पुल निर्माणको काम लगभग अन्तिम चरणमा हुन्छ ।’ पत्रेखोलामा डाइभर्सन बनाउने अवस्था पनि नरहेकाले डोजरले खोला फराकिलो बनाएर केही सहज बनाईदिएको बताए ।

पुल निर्माणको लागि आवश्यक पर्ने सामग्रीहरू चाँडै नै उपलब्ध गराएर निर्माणको काम सम्पन्न गर्न सडक डिभिजन कार्यालय र सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको उनले बताए । सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले घोराही–तुलसीपुर सडकखण्ड पर्ने पत्रेखोला र घोराही–लमही सडकखण्ड पर्ने सिस्ने खोलाको पुलको काम अन्तिम चरणमा रहेको बताए ।

‘पुल निर्माणको काम अन्तिम चरणमा थियो’ सडक डिभिजन प्रमुख शाक्यले भने ‘मौसमले च्यालेन्ज ग¥यो ।’ लगातार झरीका कारण काम गर्न कठिनाई भएको उनले बताए । ‘पत्रेखोलाको पुलको काम अन्तिम चरणमा छ, त्यहाँ डाइभर्सन गराउने मिल्ने अवस्था पनि छैन्’ उनले भने ‘पुल निर्माणको लागि केवल तार तान्नु पर्नेछ, त्यो चौरजहारीबाट आउँदैछ, चाँडै नै काम सम्पन्न हुन्छ ।’ पुल निर्माणको लागि मौसमले साथ नदिएको बताए । वर्षाले जहाँ कतै प्रभाव पारेको छ, अन्यत्र त डुबान मै परेको छ’ उनले भने ‘यि त सामान्य कुरा हो, सहनुपर्छ ।’

दाङका खोला तथा सडकहरूलाई वर्षेनी मौसमले नै च्यालेन्ज गर्छ त्यो पनि विकास नभएको मौका छोपी । अन्य समयमा कुनै पनि ध्यान नहुने तर वर्षाको समयमा निर्माण व्यवसायीहरूले काम गरेको जस्तो गर्ने अनि वर्षाको समयमा मौसमले पनि च्यालेन्ज गर्ने गरेको घोराहीबासी रमेश पौडेलले भने । ‘अन्य दिन काम नै हुँदैन्, कसैको ध्यानाकर्षण पनि हुँदैन्’ उनले भने ‘जब वर्षाको समय हुन्छ, खोलानाला बढ्छन् अनि बल्ल सबैको ध्यान केन्द्रित हुन्छ ।’

‘प्रत्येक वर्षको वर्षाको समयमा मात्रै काम गर्ने भएकाले पनि पुल निर्माणको काम सम्पन्न धेरै समय लागेको हो कि ? घोराहीका दिपक पुरीले भने । दाङमा वर्षेनी वर्षाको समयमा खोलाको सास्तीले नछोडेको उनले बताए । ‘यात्रा गर्नुपर्ने बाध्यता छ’ उनले भने ‘जागीरको सवाल हुन्छ, अर्कोतर्फ खोलाको कारण ज्यानको जोखिम उत्तिकै हुन्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here