- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरसचेतनासँगै स्वास्थ्य सामग्री

सचेतनासँगै स्वास्थ्य सामग्री

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ असार । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तुलसीपुर शाखाले सचेतनासँगै निःशुल्क रूपमा स्वास्थ्य सामग्री वितरण गरेको छ । शाखाले आफ्नो संस्थामा आवद्ध ग्राहक सदस्यहरूलाई कोरोना भाइरसको दोस्रो भेरियन्टबाट बच्न र बचाउनका लागि स्वास्थ्य सुरक्षा साम्रगी उपलव्ध गराएको छ ।

शाखाले एक लाख ५१ हजार आठसय रूपैयाँ बराबरको मास्क, सेनिटाइजर, साबुनलगायतका सामग्रीहरू खरिद गरी आफ्ना ग्राहक सदस्यहरूलाई वितरण गरेको तुलसीपुर शाखा प्रमुख पिताम्बर पौडेलले जानकारी दिए ।

उनले कोरोना महामारीबाट बच्नका लागि आवश्यक सुरक्षा सावधानीका बारेमा जानकारी समेत दिएका थिए । साथै यस संस्थाले देशभरका एक सय ८१ शाखामा ग्राहक सदस्यहरूका लागि दुई करोड १६ लाख रूपैयाँ बराबरको स्वास्थ्य साम्रगी खरिद गरी निःशुल्क रूपमा वितरणसमेत गरिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here