- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसमाजलैंगिक तथा सामाजिक समावेशीकरण कार्यशाला

लैंगिक तथा सामाजिक समावेशीकरण कार्यशाला

- Advertisement -spot_img

प्रदेश टुडे
गढवा ३ असार । गढवा गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश तालिम प्रशिक्षण प्रतिष्ठानको समन्वय सहकार्यमा असार २ गतेदेखि गढवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी दुईदिने मुल प्रवाहीकरण कार्यशाला गोष्ठी सुरु भएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले उक्त कार्यशालाको उद्घाटन गरेकी हुन् ।
दुई दिनसम्म सञ्चालन हुने सो कार्यशालामा नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४, बेइजिङ घोषणा–पत्र र महिलामाथि हुने सबै प्रकारका भेद्भाव उन्मुलन महासन्धी लगायतका बिषयहरुमा छलफल गरिएको छ । विकास निर्माणका योजनाहरुका सात चरणअन्तर्गत स्थानीय सरकारले लैंगिक उत्तरदायी बजेट विश्लेषण, वर्गीकरण र कार्यान्वयन गर्दै लैंगिक समानता र सामाजिक समावेशीकरणमुखी स्थानीय शासन सञ्चालन गर्नुपर्ने विषयमा जानकारी गरायएको थियो ।

कार्यशालामा नेपाल सरकारको योजना तथा बजेट तर्जुमा दिग्दर्शन–२०७५ बमोजिम लैससका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष र अवसर तथा चुनौतिका बारेमा नीतिगत प्रकृया र बजेट तर्जुमाका विषयमा मूल्यांकन तथा मापन गरिने र अंकभार प्रदेश सरकारमा पठाउनुपर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक कमल गौतमले जानकारी गराए । पहिलो दिनको तालिमको प्रशिक्षण प्रशिक्षक कमल गौतम र कुलबहादुर डाँगीले गरेका छन् ।

कार्यक्रममा लैंगिक समावेशी तथा सामाजिक समावेशीकरणका लागि पालिकाले अपनाएका सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, चुनौति तथा अवसरका बारेमा छलफल गरी वार्षिक कार्ययोजना तयार गरिएको र सो योजनालाई प्रदेश सरकारमा पठाइने भएको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here