- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsहर साल दुख्छ ,बाढी–पहिरोको चोट

हर साल दुख्छ ,बाढी–पहिरोको चोट

- Advertisement -spot_img

गजेन्द्र बोहोरा
काठमाडौं, ३ असार । जेठ २८ देखि नै मुलकको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गर्ने र गरिसकेको समेत सूचना जल तथा मौसम विज्ञान विभागले लगातार दिइरहेको थियो । र, त्यो मनसुन जेठ ३० देखि देशैभरि फैलियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि देशभरि नै अघिल्ला वर्षहरूभन्दा धेरै पानी पर्ने सम्भावना छ ।

असार १ बिहानै बाढी पूर्वानुमान महाशाखाले एउटा बुलेटिन जारी गर्दै देशभरिका विभिन्न खोला तथा नदीमा बाढी आउने प्रक्षेपण गर्दै सचेत रहन अनुरोध गरेको थियो । खतराको त्यो सूचीमा सिन्धुपाल्चोक पनि थियो ।

नभन्दै राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढी पस्यो । किनारामा बनेका अग्ला–अग्ला घरहरू डुबाउँदै इन्द्रावती नदी बेतोडले बढिरह्यो । घरहरू डुबे । बिहानसम्ममा ५० भन्दा बढी मानिस बेपत्ता भए । स्थानीय प्रशासनले सातजनाको मृत्यु पुष्टि ग¥यो ।

हरेक साल दोहोरिन्छ विपद्

यो मौसमी प्राकृतिक विपद नयाँ होइन । हरेक वर्ष दोहोरिन्छ । अघिल्लो वर्षमात्रै सिन्धुपाल्चोकले भोगेको बाढीको कहर हेरौं ।

२०७७ असार २४ राति बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार पहिरोले पुरिँदा दुईजनाको मृत्यु र १७ जना बेपत्ता भए । २५ घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भए ।
भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एकजनाको मृत्यु भयो, तीनजना बेपत्ता भए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो ।

२०७७ असार ३१ राति भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका पाँचजनाको मृत्यु भयो । तीन घर पूर्णरूपमा क्षतिग्रस्त भए ।

२०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी नौ मजदुरको मृत्यु । सोही राति बरूवामा घर पुरिएर दुईको मृत्यु भयो । २०७७ साउन २२ को अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका–२ सेराफाँटमा चार घर पुरिएर क्षति । बलेफी कात्तिके सडक अवरूद्ध । सयौं रोपनी धानखेत बगायो ।

२०७७ साउन ३० बिहान जुगल गाउँपालिका–२ गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरियो । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु ।

सिन्धुपाल्चोकको त्यो मेलम्ची बजार चिर्दै बग्ने इन्द्रावती नदीले हरेक वर्ष जिस्क्याइरहेको हुन्छ । तर, पनि नदी मिच्न छाडिएन । घरहरू बनिरहे । नदी साँघुरो भइरह्यो । नदीका अधरमा धेरै घरहरू ठडिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोको एकदमै जोखिम रहेका नौ जिल्लामध्ये सिन्धुपाल्चोक पनि एक हो । तर, उसले पूर्वानुमान गरेका ३६ स्थानीय पालिकामध्ये सिन्धुपाल्चोकको यो ठाउँ पर्दैन ।

हामीले चेतेनौं

यो वर्ष मनसुन सुरू हुनुअघि जेठ १४ गते नै मनाङमा बाढी आइसकेको थियो । त्यो बेला पनि बाढीले थुप्रै क्षति पु¥यायो । मंगलबार राति फेरि मस्र्याङ्दी नदीको एक ठाउँमा पहिरो खस्यो र पानी थुनियो । स्थानीय खोलानालामा पानी भरिएपछि त्यो पानी सदरमुकाम चामेलगायत बस्तीमा छि¥यो ।

निरन्तर वर्षापछि आएको बाढी तथा पहिरोबाट मनाङमा करिब ३५ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुनध्वज अधिकारीका अनुसार सरकारी तथा निजी गरी ३५ घरमा क्षति पुगेको हो । ‘हुलाक कार्यालयमा क्षति पुगेको छ । बाँकी निजी घर हुन, फोन छैन, बिजुलीको पोल ढलेर बत्ती पनि छैन, अनुमानित रूपमा ३५ घरमा क्षति पुगेको भन्ने छ’ उनले भने, ‘क्षतिको यकिन तथ्यांक संकलन भइसकेको छैन ।’ उनले डुबानमा परेका घरको तथ्यांक संकलन नै हुन नसकेको बताए ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले मानिसहरू भागाभागको स्थिति रहेकाले क्षतिको यकिन तथ्यांक संकलन हुन नसकेको बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । विभिन्न निर्माण कार्यका लागि सदरमुकाममा रहेका करिब तीन सयभन्दा बढी मजदुर उद्धारको पर्खाइमा छन् । त्यहाँका करिब १ हजार २ सयभन्दा बढी मानिस भीरपाखा र जंगलमा बसिरहेका छन् ।

मनसुन सुरूवात हुँदै गर्दा बाढी पहिरोमा परेर एक दर्जनभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत विपद्मा परेर ५० भन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष औषत ४ सयभन्दा धेरै मानिसले बाढी पहिरोमा मात्रै परेर ज्यान गुमाउँदै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here