- Advertisement -spot_img
Monday, August 2, 2021
Homeफिचरनेपालले सिधै तेस्रो चरणको फुटबल

नेपालले सिधै तेस्रो चरणको फुटबल

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, ३ असार । नेपाली राष्ट्रिय फुटबल टोली नेपाल एसियन कप–२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । चीनमा आयोजना हुने प्रतियोगितको छनोट अन्तर्गत नेपाल तेस्रो चरणमा प्रवेश गरेको हो ।

एसियन फुटबल फेडेरेसन (एएफसी)ले बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले छनोटको ढाँचा भने परिमार्जन गरेको हो । नयाँ ढाँचा अनुसार नेपालले अब प्लेअफ खेल्न नपर्ने भएको छ । नेपाली टोली विश्वकप तथा एसियाक छनोटको दोस्रो चरणमा चौथो स्थानमा रहँदै छनोटको अन्त्य गरेका थियो ।

नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । छनोटअन्तर्गत नेपालले चाइनिज ताइपेइसँगको दुई खेलमा जित निकालेको थियो । त्यसबाहेकका खेलमा नेपाल पराजित भएको थियो । यस अघि छनोटको चौँथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नुपर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here