दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेका हुन् ।
प्रदेश सभा बैठकमा मन्त्री चौधरीले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रहेको छ । भने पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको पुर्णपाठः Budget 78 final