- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-news‘विश्वास’ जित्न डराएका बहुमतका मुख्यमन्त्री

‘विश्वास’ जित्न डराएका बहुमतका मुख्यमन्त्री

- Advertisement -spot_img

दाङ,३१ जेठ ।
आफूलाई एकल दलको बहुमतका आधारमा मुख्यमन्त्री चयन गरिएको दाबी गरेपछि अल्पमतमा परेका मुख्य मन्त्री यतिवेला बहुमतमा छन् । कारबाहीमा परेका जनता समाजबादी पार्टीका ४ सांसदको पद सर्वोच्चले पुनर्वहाली गरिदिएपछि मुख्यमन्त्री अहिले बहुमतमा रहेका हुन् ।

गत वैशाख ९ गते मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका शंकर पोख्रेल उसैदिन नेकपा एमालेको बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त भए । संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा चयन भएको बताएपछि उनको राजिनामा र पुनः नियुक्तिका कारण प्रदेशको राजनितीमा खैलाबैला भयो । उनकै पार्टीका प्रदेशसभा एक सदस्यले राजीनामा दिए भने अर्का एक सदस्य माओवादी केन्द्रमा लागे।


एकल दलको बहुमतका आधारमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री अहिले संविधानको १६८ को २ अनुसार मुख्यमन्त्री बनेका छन्। सांसद पद पुनर्बहाली भएका जसपाका चारजना सांसदलाई उनले मन्त्री बनाएपछि उनी अब एकल दलको बहुमतका मुख्यमन्त्री रहँदैनन्। एकल बहुमतको मुख्यमन्त्री नबनेपछि मुख्यमन्त्रीले संसद्मा विश्वासको मत जित्नुपर्ने संवैधानिक व्यवस्था छ।

१९ वैशाखमा मुख्यमन्त्रीमा निर्वाचित भएका पोखरेलले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने मिति घर्किसकेको छ। संविधानतः उनले मुख्यमन्त्री निर्वाचित भएको ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने हो। ‘सरकारमा जसपा पनि सहभागी भएपछि मुख्यमन्त्रीजी अब एकल दलको बहुमतको हुनुहुन्न,’ कांग्रेसका प्रदेशसभा सदस्य शंकर गिरीले भने, ‘संविधानतः उहाँले विश्वासको मत लिनुपर्ने हो, तर उहाँले संविधान तोड्नु भएको छ।’

त्यसो त, आफ्नो दाबीअनुसार शंकरलाई विश्वासको मत लिनका लागि गाह्रो भने देखिन्न। उनले दाबी गरेअनुसार उनको पक्षमा अहिले संसद्मा स्पष्ट बहुमत छ। प्रदेशसभा अहिले ८३ सदस्यीय छ। योमध्ये ३८ जना एमालेका सांसद छन् भने सरकारमा सहभागी भएका चारजना जसपाका सांसदसहित उनको पक्षमा बहुमत ४२ मत स्पष्ट देखिन्छ। चार दलीय गठबन्धन अहिले अल्पमतमा अर्थात् ४० मतमा छ। तर आफ्नै दलभित्रका दुई सांसदले शंकरलाई विश्वासको मत दिनेमा पोखरेल ढुक्क छैनन्। यी दुई सांसद माधवकुमार नेपाल समूहका हुन्। ‘एकजना सांसद पनि उहाँको पक्षमा नरहे मुख्यमन्त्री अल्पमतमा पर्छन्,’ कांग्रेस सांसद गिरीले भने, ‘त्यही डरले मुख्यमन्त्री संविधानदेखि टाढा भागिरहेका छन्।’

त्यसो त, १७ जेठमा भएको राष्ट्रियसभाको उपनिर्वाचनले शंकरलाई विश्वासको मत लिनसक्ने हिम्मत कमजोर बनाइदिएको छ। राष्ट्रियसभाको उपनिर्वाचन परिणामले नेपाल समूहका २ सांसद आफ्नो पक्षमा नरहनेमा मुख्यमन्त्री स्पष्ट छन्। दुईमध्ये नेपाल समूहका एकजनाले कांग्रेसलाई मतदान गरेको दाबी विपक्षी समूहले गरेको छ भने एकजनाले मत बदर गरिदिएका थिए। ‘विपक्षी गठबन्धनबाहेकका दुईजना सांसदमध्ये १ जनाले रुखमै मतदान गरेका छन् भने अर्को एकजनाले रुखमा र सूर्यमा मतदान गरेका थिए,’ नेकपा माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रजित चौधरीले भने, ‘त्यो दुई मतनै नेपाल समूहकै हुनसक्छ।’ उनका अनुसार नेपाल समूहका दुईमध्ये एकजनाको भूमिका अहिले पनि के हुने भन्नेमा क्लियर हुन सकेको छैन। उनले दुईवटै चुनाव चिह्न मत हालेर मत बदर गरेको आँकलन विपक्षी गठबन्धनले गरेको छ।

तर नेपाल समूहको एक मत मात्रै पोखरेलको विपक्षमा रहे पनि उनले विश्वासको मत पाउन सक्दैनन्। नेपाल समूहको एक मत मात्रै विपक्षमा रहे पनि पोखरेलको मत ४१ मा झर्ने छ। यो अल्पमत हो। ‘मुख्यमन्त्रीजीको दाबीअनुसार त अहिले उहाँ बहुमतमा हुनुहुन्छ, उहाँसँग ४२ मत छ,’ प्रदेशसभा सदस्य चौधरीले भने, ‘तर कर्णालीको घटना (फ्लोर क्रस)ले मुख्यमन्त्रीको सातो खाइदिएको छ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here