- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसाहित्यसाहित्य परिषद्को विचार गोष्ठी सम्पन्न

साहित्य परिषद्को विचार गोष्ठी सम्पन्न

- Advertisement -spot_img

घोराही,३१ जेठ । राप्ती साहित्य परिषद् दाङको बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।  साहित्य परिषद दाङ शाखाको आयोजनामा सोमबार कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा साहित्यकारको भुमिका र संभावना विषयक गोष्ठी सम्पन्न भएको हो ।

 

सप्तरंगी अक्षरयात्रा २०७८ को दोश्रो कार्यक्रम अन्र्तगत शनिवार भर्चुअल माध्यमबाट बिचार गोष्ठी गरिएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का पुर्व केन्द्रीय अध्यक्ष बरिस्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख अतिथ्यतामा उक्त बिचार गोष्ठी कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख वक्ता एवं मनोरोग बिषेशज्ञ डा अरविन्द भुसालले कोरोना महामारीका कारण उत्पन्न हुने मानसिक विचलन, डर,क्रास जस्ता मनोसामाजिक समस्याहरुलाई साहित्यको माध्यमबाट समाधान गर्न सहज हुने बताए ।

कार्यक्रममा बरिस्ठ साहित्यकारहरू डा. अमर शाह, मनोहर लामिछाने, डा. कृष्णराज डिसी, डा. मधुसूदन लामिछाने, टिकाराम उदासी, कमलमणि देबकोटा, केशव थापा, डा लोकराज पराजुली, केशवराज देबकोटा, हरी पोख्रेल र विश्व कृर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ , परिषद्का केन्द्रीय सचिव खेमराज मल्ल, साहित्यकार पुर्ण वली र गजलकार ऋषि शर्मा सुदामा, नागरिक समाज दाङका संयोजक बरिस्ठ पत्रकार केवी मसाल, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष प्रविन भण्डारी र सचिव तारादेव शर्मा (प्रर्दशनं), रूकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्मा, त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष मुकुन्दप्रसाद रन्जितकार, उदाहरण समुहका अभियन्ता घनश्याम अस्तित्व, पाँचथरका साहित्यकार नरेन्द्र केरूङ्, कैलालीका साहित्यकार धर्मराज न्यौपाने, नब साहित्य उत्थानका प्रतिनिधि मनोज पीडित, प्यूठानका साहित्यकार माधव पोख्रेल र साहित्यकारहरू प्रबल बिष्ट, गुरुप्रसाद कुमाल बुलबुल , रामप्रकाश चौधरी, शुशिला अचार्य, हरिचन्द्र शर्मा, भिमा पाण्डेय,भुमा क्षेत्री, सिद्ध समर्पण लगायतका विभिन्न क्षेत्रका साहित्यकाहरुको सहभागिता रहेको थियो ।

यस्तै केन्द्रीय तथा विभिन्न जिल्लाका पदाधिकारी र सल्लाहकारहरुको समेत सहभागीता रहेको थियो ।

दाङ शाखा उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको बिचार गोष्ठीको सहजीकरण गीतकार सचिव प्रकाश केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here