- Advertisement -spot_img
Monday, August 2, 2021
Homebreaking-newsगतिलो छैन पूर्वतयारी, जोखिममा दाङ

गतिलो छैन पूर्वतयारी, जोखिममा दाङ

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३१ जेठ । मनसुन सक्रिय भएसँगै दाङमा बाढी तथा पहिरोको जोखिम बढेको छ । गतवर्ष वर्षा कम भएका कारण बाढी तथा पहिरोबाट जिल्लामा ठूलो क्षति हुन नपाए पनि बिगतका वर्षमा बाढी तथा पहिरोबाट मानवीय तथा आर्थिक क्षति हुने गरेको थियो । तर गतवर्ष भन्दा यसवर्ष वर्षातका कारण बाढी तथा पहिरोका घटना हुन सक्ने चेतवनी मौसमविद्हरूले अनुमान गरेका छन् ।

दाङमा पनि यसवर्ष बाढी तथा पहिरोको विपद्जन्य घटनाबाट बच्नका लागि जोखिम क्षेत्रको पहिचान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार जिल्लाका नौ पालिकाका ३५ वडालाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखिएको छ । दाङमा राप्ती र बबई नदीको तटीय क्षेत्रमा पर्ने नौ पालिकाका ३५ वडाहरू बाढीको उच्च जोखिममा परेका छन् ।

समितिका अनुसार देउखुरी क्षेत्रको राप्ती नदीले छुने राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका बाढीको उच्च जोखिममा रहेका छन् । त्यसैगरी बबई नदीले छुने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकामा बाढीको उच्च जोखिम रहेका छन् । बंगलाचुली गाउँपालिका बाढीको जोखिममा कम भएपनि पहिरोको उच्च जोखिममा रहेको छ ।

राप्ती नदीले चारवटा स्थानीय तहहरू राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरूलाई प्रभावित बनाउने जिल्ला विपद् व्यवस्थापन समितिले उल्लेख गरेको छ । दाङका १ सय वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रूपमा रहेको सचेतना र पूर्वप्रतिकार्य योजना ति वडामा तैनाथ बनाएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लामा २५ वटा बढीको मध्यम जोखिममा रहेका छन् भने ४० वटा वडा सामान्य जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

विगतको विपद् प्रभाव क्षेत्र, घटिरहने विपद्का घटना, विपद्का कारण भएको क्षतिको तथ्यांकको आधारमा विश्लेषण गरी जोखिम क्षेत्रको पहिचान गरिएको उनले बताए । ‘विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँबस्ती उच्च जोखिममा छन्’ उनले भने– ‘जोखिम क्षेत्रका बस्तीमा बाढी पूर्वसूचना प्रणालीको विकास गरेका छौँ, बाढीबाट मानवीय तथा भौतिक क्षति कम गर्नका लागि विपद् प्रतिकार्य योजना तैनाथ अवस्थामा छ ।’

जेठ १४ गते बसेको विपद् व्यस्थापन समितिको बैठकले विपद् प्रतिकार्य योजना बनाइसकेको उनले बताए । ‘स्थानीय तह सुरक्षा निकाय, रेडक्रस लगायतसँग समन्वय गरेर विपद् प्रतिकार्य योजना निर्माण गरिएको छ’ उनले भने– ‘जिल्लामा जुनसुकै प्रकारको जोखिम आएपनि खोज तथा उद्धारका लागि हामीहरू तयारी अवस्थामा छौँ’ ।

जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार जिल्लाका नौ पालिकाका ३५ वडालाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखिएको छ ।


विपद्बाट बच्न आवश्यक सूचना व्यवस्थापनदेखि प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि प्रदेशमा रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्र, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र, जिल्लाभित्र रहेका सुरक्षा निकाय, स्थानीय सरकारहरू र रेडक्रसलगायतका विभिन्न सहयोगी निकायहरूसँग समन्वय पनि भएको उनले बताए ।

‘विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सामुदायिक विपद् व्यवस्थापन समिति तथा बाढी पूर्वसूचना प्रणाली कार्यदल, खोज उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलहरू समेत गठन भएकाले कुनै स्थानमा घटना हुनासाथ टोली परिचालन हुने र क्षति कम हुने विश्वास गरिएको छ’ उनले भने–‘गतवर्ष बाढी पहिरोले जिल्लामा ठूलो क्षति नभएपनि यसवर्ष अलि बढी प्रभाव पार्ने भएका कारण पनि तयारी व्यापक बनाउने कोसिस गरेका छौँ ।’

तुलसीपुर उपमहानगर–पालिकाले पनि यसवर्ष हुन सक्ने विपद्जन्य घटनाबाट आउन सक्ने समस्यालाई मध्यनजर गरी उद्धार जनशक्ति व्यवस्थापन, उद्धार सामग्री, वडास्तरमा विपद् व्यवस्थापन समिति, विपद् व्यवस्थापन कार्यदल तयार गरेको तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीले बताए ।

‘तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ११, १२ र १३ नम्बर वडा बाढीको जोखिममा छन्, यि वडा भनेको बबई नदीले छुने वडा हुन्, त्यसकारण ति वडा बढी जोखिममा छन्’ उनले भने– ‘तुलसीपुर उपमहानगर–पालिकामा बबईसहित ग्वारखोला, पातुखोला र भमके खोलाका कारण बाढीको जोखिम हुन्छ भने वडा नम्बर १, ३, ४ र १९ नम्बर वडाका पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी छ ।’

उपमहानगरपालिकाको विपद् कोषमा अहिले करिब ७ लाखजति रहेको उनले बताए । राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ५ र ९ पनि बाढीको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए । ‘राप्ती नदीको तटीय क्षेत्र पर्ने वडालाई बाढीको उच्च जोखिम क्षेत्रका रूपमा राखेका छौँ, ति क्षेत्रमा बाढी पूर्वसूचना प्रणालीको पनि जडान गरिसकेका छौँ’ उनले भने– ‘पूर्वसूचना प्रणालीले कम्तिमा पनि मानवीय क्षति हुन नदिने विश्वास छ, सकेसम्म वर्षा धेरै भएपछि सावधानी अपनाउनका लागि हामीले नागरिकस्तरमा अहिले पनि सचेतना दिइरहेका छौँ ।’

कुनै पनि विपद्जन्य घटनामा समस्यामा परेका नागरिकलाई उद्धारका लागि आवश्यक जनशक्ति र उद्धारका सामग्री पनि तयारी अवस्थामा राखिएको उनले बताए । ‘सशस्त्र प्रहरी, जनपथ प्रहरीले उद्धार जनशक्ति तयारी अवस्थामा राखेको छ, त्यसले नभए सेनालाई पनि सहयोग माग्न सकिन्छ’ उनले भने । गाउँपालिकामा वडा नम्बर १, २, ६ र ७ नम्बर वडाका केही पहाडी भाग पहिरोको जोखिममा रहेकोले आवश्यक सावधानी र सचेत रहन आग्रह गरेको उनले बताए ।

जिल्लामा गतवर्ष बैशाखदेखि चैतसम्मको अवधिमा ११७ घरगोठमा क्षति पुगेका थियो । जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार गतवर्ष भारी वर्षातका कारण ८४ घरमा पूर्ण क्षति र २९ घर र ४ गोठमा सामान्य क्षति पुगेको थियो । जसमा ८०७ घरपरिवार विस्थपित भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here