- Advertisement -spot_img
Monday, August 2, 2021
Homeसाहित्यओझेलमा परेको जीवन

ओझेलमा परेको जीवन

- Advertisement -spot_img

कविता…

हेर्छु सोच्छु आफैमा
जिवन कस्तो, कसरी चल्छ
देख्छु सङ्घर्ष अन्यको
परिस्थिती र जिवनयापन
रमेकै छन् गरेकै छन्
आकुलव्याकुल त बस
मै मात्र छु झै
त्रसीत र आलस्यता मै।

स्थिर मन छ आहा!
मिठो मसिनो उन्कै
हँसिलो मुहार
दन्त मुस्कानले सुसज्जित
खै बयान के गर्नु र
विवशताले बाध्यको
घोर कलियुगले छोपेको
ओझेल परेको जिवन कथा झै।

निराकार र निर्लज्ज
आक्रोश भावमा लिप्त
गुणगाणमा ओझेल परे झै
तृष्णाको तुच्छ जालो
मनको कुनै कुनामा
लेपिए झै
बेकार र बेकम्मा को
उदाहरणीय झै।

जिन्दगीलाई प्रश्न
सोध्न बाध्य हुन्छु
बेअर्थ भै
चौतारीका त्यी
रूखले त शीतल
प्रदान गरेका छन्
तर म ममा नै सीमित
पोखरीको भ्यागुतो झै ।

न त कुनै ज्ञान
न त कुनै विज्ञान
बोझिल र
धरापयुक्त रूप
बकम्फुसे तात्पर्य
न कुनै सामर्थ्य
न त कुनै साथ
कसरी बयान गर्नु खै ।

ए जिवन भनौ कि
ए जिन्दगी भनौ
जिउदो लासको
व्यथा के सुन्थ्यौ र खै
अभिलाषा बोक्नु नै ब्यर्थ
होचिएको र घोचाइएको
के देख्थ्यौ र! तिमी
माथि बाटै घुस खुवाई पठाए कै
ओझेल परेको जिवन
अन्धकारमय जिउदै
चितामा जले झै ।।

लेखक:समिप आचार्य ‘यात्री’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here