- Advertisement -spot_img
Monday, August 2, 2021
Homeराजनीतिकांग्रेसको महाधिवेशन भदौ १६–१९

कांग्रेसको महाधिवेशन भदौ १६–१९

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसले चौधौं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । शनिबार भएको पदााधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका परिवर्तन गरेर १६–१९ सम्म गर्ने गरी नयाँ मिति तय गरेको हो ।

यो सँगै महाधिवेशन नौ दिन पर सरेको छ । बैठकले क्रियाशील सदस्यता २० असारसम्म छानबिन गरेर २४ असारमा सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरू गर्ने निर्णय गरेको छ । यो महाधिवेशनको मिति केन्द्रीय समितिमा पारितका लागि पेस गरिनेछ ।

नेपालको संविधान २०७२ अनुसार कांग्रेसले महाधिवेशनको मिति भदौ १९ भन्दा पर सार्न नमिल्ने अवस्था थियो । यसअघि, ६ फागुन २०७७ मा कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ मा गर्ने निर्णय गरेको थियो । महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठकले सिफारिस गरेको र केन्द्रीय समिति बैठकले निर्णय गर्ने केन्द्रीय समिति सदस्य एनपी साउदले जानकारी दिए ।

यसअघि, कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन कार्यतालिका अनुरूप ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।

१० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका त्यो बैठकले तय गरेको थियो । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण अन्तिम सूची केन्द्रमा तोकिएको समय प्राप्त नभएपछि पूर्वनिर्धारित कार्यतालिकामा केही परिमार्जन गरेर भदौभित्रै महाधिवेशन गर्ने गरी तयारी गरेको हो । महाधिवेशनको अनुमोदन तथा विविध विषयमा छलफलका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here